महिलाले जन्माईंन ९ मिनेटको बीचमा ६ बच्चा

जनपत्र
७ चैत्र २०७५, बिहीबार १६:२४

हामीकहाँ तिम्ल्याहा चम्ल्याहा बच्चा जन्मिँदा पनि समाचारको विषय बन्छ । तर अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चा जन्माएकी छन्, त्यो पनि ९ मिनेटको अन्तरालमा ।  सुन्दै अचम्म लाग्ने गरी ६ वटा बच्चा जन्माउने महिला हुन् थेल्मा चियाका । उनले ९ मिनेटको बीचमा बच्चाहरुलाई जन्म दिएर नयाँ रेकर्ड राखेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ । बच्चाहरुको अवस्था स्थिर छ । उनीहरुलाई अस्पतालमै राखेर थप स्वास्थ्य जाँच गरिएको छ ।
उनले जन्माएका ६ बच्चामध्ये चार छोरा र दुई छोरी छन् । बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा ६ बच्चा जन्माएकी उनले छोराहरुको नाम पनि राखिसकेकी छन् । दुई छोरीको नाम भने राख्न बाँकी छ ।

source;rajdhanidaily.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*