अस्ट्रेलियामाथि इङल्याण्डको रोमान्चक जित

जनपत्र
२९ भाद्र २०७७, सोमबार ०६:३७

दोस्रो एकदिवसीय खेलमा इङल्याण्डले अस्ट्रेलियामाथि रोमान्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्ड २४ रनले विजयी भएको हो । इङल्याण्डले दिएको २३२ रनको मध्यम लक्ष्य पछाएको अस्ट्रेलिया ४८।४ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्बाधिक ७३ रन बनाए भने मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३(३ विकेट लिए भने आदील राशिदले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।

इङल्याण्डका लागि जो रुटले ३९, टम कुरानले ३७, आदील रशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६ जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । यस खेलको प्लेयर अफ द म्याच इङल्याण्डका बलर जोफ्रा आर्चर भएका थिए । आर्चरले १० ओभरमा २ मेडनसहित ३४ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए । उनले डेविड वार्नर, मार्कस स्टोइनिस र शन मार्शलाई आउट गरेका थिए ।

यो सँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*