हेटौंडामा कोरोना नियन्त्रणसंगै नियमित काममा फर्कनुको बिकल्प छैन–मेयर महत

जनपत्र
२९ भाद्र २०७७, सोमबार ०६:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पछील्लो दुइसातामा कोरोना भाइरसका संक्रमित धेरै देखीन थालेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकारले काम गर्दै आएको छ । कोरोना नियन्त्रणका लागि हेटौंडाका करिव ८० जना स्वास्थ्यकर्मी दिनरात नभनीकन निरन्तर रुपमा खटिएका छन् ।

चेतना जगाउने काम पनि त्यतीकै भएको छ । हेटौंडाको कर्रामा रहेको श्रमिक माध्यमिक बिद्यालयको केन्द्रबाट स्वाब संकलन गर्ने काम उपमहानगरपालिकालेनै जिम्मा लिएर काम गर्दै आएको छ । गौरीटारको आइसोलेसनमा पनि सहयोग गर्दै आएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत वताउनुहुन्छ । छ महिना अगाडी चैत ११ गते देखिको लकडाउनका कारण स्थानीय सरकारले गर्ने धेरै काम प्रभावित भइरहेको छ ।

कोरोना नियन्त्रणको कामसंगै अब नियमित काममा फर्कनुको विकल्प नभएको उहाँले वताउनुभयो । भौतिक दुरी कायम गरेर स्वास्थ्य सामाग्री प्रयोग गरेर उपमहानगरपालिकाले नियमित कामको थालनी गरेको छ । आफै सचेत रहने र नियमित काम पनि थालनी भइरहेको छ । स्थानीय प्रशासनले समय कायम गरेर बजार खुल्ला गरेको छ । यसलाई अव पुरै खोल्नुपर्ने स्थानीय सरकारको माग छ । यसै सरोफेरोमा रहेर जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईंले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत संग कुराकानी गर्नु भएको छ । अडियो कुराकानी सुन्नका लागि तल क्लीक गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*