अन्तिम संस्कारको हुँदै थियो तयारी, अचानक युवकले फेर्न थाले श्वास !

जनपत्र
२८ भाद्र २०७७, आईतवार ०६:४६

भारतको बिहारमा एक अनौठो घटना भएको छ । १७ वर्षका एक युवकको मृत्युपछि अन्तिम संस्कारको तयारी भईरहेको थियो ।तर जब अन्तिम क्षण आईपुग्यो तब युवकले श्वास फेर्न थाले । यो देखेर त्या रहेका सबे अचम्मित बने । उक्त युवकलाई एक्सिडेन्ट पछि निजी अस्पतालमा भर्ना गरिएको थियो ।

तीन दिन उपचार गरेपछि अस्पतालले युवकलाई मृत घोषित गरिदियो । त्यसपछि आफन्तले मृत्यु भएको सोचेर अन्तिम संस्कारको तयारी थाले । जब अन्तिम क्षणमा उक्त युवकलाई चितामा राखियो तब श्वास फेर्न र हातका औँला चलेको देखिन थाल्यो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको बताइएको छ । उनको नाम सौरव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*