कोरोनाका बीच पनि उद्योग, पर्यटन र वन क्षेत्रमा काम भइरहेको छ–मन्त्री अरुण नेपाल

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०७:२२

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिगत छ महिना देखिको कोरोना भाइरसको त्रासका विच पनि आफ्ना काम निरन्तर गरिरहेको छ । मन्त्रालयले नियमित काम संगै पर्यटकिय क्षेत्रमा राहतका कार्यक्रम पनि ल्याएको छ ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा ठुलो असर परेको भन्दै पर्यटन व्यावसायीका निम्ति विलम्व शुल्क मिनाहा गरिएको अरुण नेपालले वताउनुभयो । प्रदेशका बिभीन्न पर्यटकिय पूर्वाधार निर्माण गर्नका लागि ४७ करोड रुपैयाँ बराबरको ११ वटा ठेक्काको संझौता चालु आर्थिक वर्षमा गरिएको उहाँले वताउनुभयो ।

उद्योगग्राम निर्माणका लागि १३ करोड रुपैयाँमा काम सुरु गर्न लागिएको छ । त्यसको ठेक्काको तयारी भइरहेको छ । प्रदेशका १३ वटै जिल्लामा बिभीन्न जातका विरुवा वितरण गर्नेगरी हाइटेक नसैरी निर्माणका लागि ठेक्काको चरणमा पुगिएको मन्त्रालयले जनाएको छ ।

यो छ महिनामा कोरोना त्रासका कारण पर्यटकिय क्षेत्रमा परेका व्यावसायीको पीडामा मलम लगाउन प्रदेश सरकारले के गर्यो त ? यही प्रश्न जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईले बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललाई सोध्नु भएको छ ।

अडियो कुराकानी सुन्नका लागि तल क्लीक गरौ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*