लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’

जनपत्र
७ चैत्र २०७५, बिहीबार १५:४३

एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ । विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् । रिपोर्टका अनुसार बेहुली हिँड्दा हिँड्दै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ (स्टुपिड) भनेका थिए ।​

क्यूएट न्यूजको दाबी अनुसार बेहुलाले आफूलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् । जजले उनको माग सम्बोधन गरे । ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै त्यही जजले उनीहरुको सम्बन्धविच्छेद पनि गराए ।
कुवेतमा बस्ने यो जोडी श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् । यो देशको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।
स्रोत : ajakoartha.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*