नेकपालाई संस्थागत प्रणालीमा चलाउन दुई अध्यक्षको ६ बुँदे प्रस्ताव

जनपत्र
२६ भाद्र २०७७, शुक्रबार ०६:१९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद समाधानउन्मुख देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी र सरकारका आगामी कार्ययोजना बारे पार्टीको कार्यदलले दिएको सुझावलाई समेटेर विस्तृत प्रस्ताव तयार गरेका छन् । यो प्रस्तावमाथि शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत भएर छलफल हुने बताइएको छ ।

दुवै अध्यक्षले तयार गरेका विभन्न प्रस्ताव मध्ये पार्टी भित्र पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउन ६ बुँदे प्रस्ताव गरिएको छ । जसमा पार्टीका नेताहरुलाई सामाजिक संजालमा जथाभावी लेख्न नपाइने देखि नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आफ्नो गल्ती, कमजोरीहरुप्रति आत्म समिक्षक र आत्मालोचित हुँदै भविष्यमा यस प्रकरणको गल्ती तथा कमि कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्नेसम्म उल्लेख गरिएको छ ।

पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने ६ बुँदे प्रस्ताव

सहि र समयोचित सिद्धान्त, विचार र नीतिको मार्गदर्शनमा अघि बढेको र अतुलनीय त्याग एवम् बलिदानको जगमा निर्माण गरिको नेपाल कम्युनिस्ट पार्टी९नेकपा ० को शक्ति र सामर्थ्यलाई ठिक ढंगले बुझ्न र व्यक्तिगत हितलाई पार्टीगत हितको मातहतमा राख्न नसक्दा अन्तरविरोध देखापर्दै, हुर्किदै र कटुतापूर्ण बस्दै गयो ।

संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहिनता, गुटबन्दि, अराजकता र अनुशासनहिनता फैलिदै गयो । पार्टी भित्र उत्पन्न अन्तरविरोधहरु ठिक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उल्लङ्घन हुँदैगयो र आन्तरिक एकता कम्जोर भयो ।

तसर्थ यो बैठक

१। सम्बन्धित नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आफ्नो गल्ती, कमजोरीहरुप्रति आत्म समिक्षक र आत्मालोचित हुँदै भविष्यमा यस प्रकरणको गल्ती तथा कमि कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछ । अतितमुखी होइन भविष्यमुखी भएर वर्तमान चुनैतिहरु विवसता नगरी त्यसलाई सहि निस्कर्ष तथा योजना सहित पुरा गरेर, जनताले सुम्पिएको जिम्मेवारी पुरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ ।

२। विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिन र पार्टी एकताको मर्म एवम् भावना, दुई पार्टी बीच एकता गर्दाका सहमति र संस्थागत रुपमा तय गरिएका नीति,विचार, विधि तथा पद्धति अनुशरण एवम् कार्यान्वयन गर्दै अघि बढ्न सम्बन्धित सबैलाई निर्देशित गर्दछ । सचिवालय स्थायी कमिटि, केन्द्रिय कमिटि लगायत समस्त पार्टी पद्धतिलाई विधि, पद्धति र संस्थागत निर्णयको आधारमा सम्पन्न गर्ने । कार्यन्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
कम्युनिष्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुन्छ र सिर्जित समस्याको समाधान पनि संस्थागत प्रणाली अन्तर्गत खोज्नुपर्दछ भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्ने दृढ अठोट गर्दछ ।

३। आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट(गुटका अलग अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप(प्रत्यारोपमा उत्रीने जस्ता गलत अभ्यासहरुलाई कडाईक साथ नियन्त्रण गर्न र पार्टीलाई अनुशासित र पार्टी भित्रको बहस(विवादलाई विधि सम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ ।

४। समग्र पार्टी र तिनै तहको सरकारको काममा समेत फैलिदै गएको गुटबन्दिको असरलाई विधि, पद्धति, र संस्थागत निर्णयको प्रभावकारी कार्यन्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहिनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्न निर्णय गर्दछ । पार्टीको नीति, नेता र कार्यकर्ता विरूद्ध सामाजिकरुपमा जथाभावी लेख्ने र पार्टी हित विपरित गतिविधी गर्ने प्रवृतिलाई कडाईकासाथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बन्धित सबैलाई निर्देशित गरिन्छ ।

५। विगतमा जस्तै यसपटक पनि पार्टी भित्र उत्पन्न अन्तरविरोधहरुलाई नीति र विधिको आलोकमा समाधान गर्ने र चुनौतीहरुलाई एकताबद्ध भएर सामना गर्ने निर्णय गर्दछ । अन्तस्पार्टी संघर्षको कठिन र जटिल मोडबाट गुज्रिएको पार्टिलाई सम्हाल्ने र सुरक्षित तबरले अगाडी बढाउने निर्णय गर्दछ । पार्टीमा नयाँ स्तरमा एकता कायम गर्दिया समस्त पार्टीपट्टि तथा आम समुदायमा एकताको सन्देश सम्प्रेषण गर्दछ । पार्टीभित्रको अन्तरबिरोधले गर्दा हुन गएको क्षतिलाई पारस्परिकविश्वास , सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने संकल्प गर्दछ । स्वास्थ्य एवम् गतिशील पार्टीका लागि अस्वस्थ्य बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो र स्थापित सिधान्त, नीति र विधिको जगमा उभिएको एकतावद्ध पार्टी अग्रगति र प्रगतिको आधार हो भन्ने वास्तविकतालाई राम्रो संग स्थापित गर्ने निर्णय गर्दछ ।

६। पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, विधि तथा पद्धतीस्थापित गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न बिगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्दछ ।
सबैलाई विशेषतस् जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित छ । खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*