‘कोरोनाका कारण बजेट खर्च गर्न समस्या भयो’–मन्त्री ढुङ्गेल

जनपत्र
२३ भाद्र २०७७, मंगलवार ०५:४६

हेटौंडा । वितेको चैत ११ गतेदेखि मुलुकभर कुनैन कुनै रुपमा लकडाउन र निषेधाज्ञा भइरहेको छ । एउटा जिल्लामा खुल्ला भए अर्को जिल्लामा बन्द हुने जस्ता समस्या पनि छ । बितेको आर्थिक वर्षको बजेट खर्च हुने अन्तीम समयमा आएर लकडाउन भएका कारण सरकारी बजेट खासै खर्च हुन सकेन ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि बितको आर्थिक वर्षको बजेट खर्च हुनका लागि समस्या भएको वताइरहेको छ । अझै चालु आर्थिक वर्षमा पनि बजेट खर्च गर्नका लागि जिल्ला जिल्लामा लागू भएका निषधाज्ञाले गर्दा झनै समस्या भएको छ ।

लकडाउन र निषेधाज्ञाले गर्दा बजेट खर्च गर्नका लागि समस्या भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल वताउनुहुन्छ । अझै चालु आर्थिक वर्षको साउन महिना देखिनै प्रदेशका कर्मचारीले तलब पाउन नसकेको गुनासो पनि गरेका छन् । बजेट खर्च गर्न नसक्नुको मुख्य कारण कोरोना संक्रमणनै हो त ? यही प्रस्न जनपत्रडटकमका प्रधान सम्पादक हरि हुमागाईले बागमती प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेललाइ सोध्नु भएको छ ।

अडियो कुराकानी सुन्नका लागि तलको लिन्कमा क्लीक गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*