जजलाई बलले हानेपछि जोकोभिच युएस ओपन खेल्न अयोग्य

जनपत्र
२२ भाद्र २०७७, सोमबार ०६:२६

विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनबाट अयोग्य भएका छन् । गएराती खेल खेलिरहेका बेला महिला लाइन जजलाई बलले हानेपछि उनलाई आयोजकले अयोग्य घोषणा गर्दै खेलबाट निकालेका हुन् ।

जोकोभिच युएस ओपनको अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनका पाब्लो कारेनो बुस्टाविरुद्ध खेलिरह्दा सो घटना भएको थियो । उनले बल बाहिर हान्दा नहेरी हानेकाले बल महिला लाइन जजको घाटीमा लागेपछि उनी ढलेकी थिइन् । पहिला सेट बुस्टासँग ६(५ ले हारेपछि उनले बल बाहिर हान्दा यो घटना घटेको थियो । करिब १० मिनेटको छलफलपछि आयोजकले जोकोभिचलाई अयोग्य घोषित गरेका थिए ।

युएस ओपन आयोजकले जोकोभिचलाई अयोग्य घोषित गर्दै यस युएस ओपनबाट हासिल गरेको वरियता अंक समेत नपाउने र यस प्रतियोगिताबाट जितेको पुरस्कार रकम जरिवाना गरिएको जानकारी दिएको छ । उनले जानी जानी हानेको नभई रिस देखाएर बल हान्दा यो घटना भएको भिडियोमा देख्न सकिन्छ । बल लागेकी महिला जजलाई अस्पताल भने लैजान परेको थिएन तर उनको घाटीमा बलले लागेपछि उनी ढल्न पुगेकी थिइन् ।

जोकोभिचले खेलपछि सामाजिक संजालमा आफुले जानी जानी नहानेको अस्पष्ट गर्दै महिलाको स्वास्थ्य ठिक रहेको बताए । उनले माफी माग्दै आफुलेले यो घटनाबाट पाठ सिकेको बताएका छन् । उनले युएस ओपनका आयोजकसँग समेत आफ्नो व्यबहारबाट यस्तो घटना घटेकोमा माफी मागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*