सिपिएलमा जमैकाको लगातार हार, सन्दीपको प्रदर्शन भने उत्कृष्ट

जनपत्र
२२ भाद्र २०७७, सोमबार ०६:०३

क्यारेबियन प्रिमियर लिग ‘सिपिएल’ अन्तर्गत जमैका तल्लावह फेरी पराजित भएको छ । सेमिफाइनलमा पुगिसकेको जमैका समुह चरणको आफ्नो अन्तिम खेलमा सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो । गएराती सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछाएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि जमैका ११ रनले पराजित भएको हो ।

प्रतियोगितामा जमैकाको यो छैठौ हार हो । यस खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन सहित २० रन दिएर एक विकेट लिएका थिए । सन्दीपले ३२ रन बनाएर खेलिरहेका रहकीम कोर्नवेललाई बोल्ड आउट गरेका थिए ।योसंगिया सन्दीपले यस सिजनको सिपिएलमा १० खेलका ९ इनिंगमा १२ विकट लिएका छन् । सन्दीप धेरै विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा रहेका छन् । योसँगै सिपिएलका लिग चरणका खेलहरु सकिएका छन् ।

अब पहिलो सेमिफाइनलमा ट्रीनबागो नाइट राइडर्स र जमैका तल्लावह खेल्ने छन् । उनीहरुबीच सेप्टेम्बर ८ अर्थात आगामी मंगलबार खेल हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्स खेल्ने छन् । जुन खेल सेप्टेम्बर ९ अर्थात बुधबार बिहान हुने छ । सिपिएलको फाइनल भने विहिबार साँझ हुने छ । त्यस्तै सिपिएलबाट डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्रीडेन्टस र सेन्ट किट्स एण्ड नेभिस सेमिफाइनलमा नपुग्दै बाहिरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*