रुसको लगातार दोस्रो जित

जनपत्र
२२ भाद्र २०७७, सोमबार ०६:००

युईएफए नेसनस लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा रुसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । हंगेरीको घरेलु मैदानमा भएको खेलमा रुसलाई जित दिलाउन एन्टोन मिरान्चुक, मागोमेद ओजडोयभ र मारियो फर्नान्डेसले एक–एक गोल गरेका हुन् । उता हंगेरीका लागि रोनाल्ड र नेमान्ज निकोलोसले एक–एक गोल फर्काए ।

खेलको १५ औँ मिनेटमा एन्टोनले गोल गर्दै रुसलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मागोमेदले गोल गर्दै रुसको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रुसले दोस्रो हाफमा थप एक गोल गरेको थियो । उता हंगेरीले पनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।

रुसका लागि खेलको ४६ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै ३–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ६२ औँ मिनेटमा रोनाल्डले गोल गर्दै हंगेरीका लागि केही राहात दिलाए । ७० औँ मिनेटमा निकोलसले हंगेरीका लागि गोल गर्दा पनि टिमको हारलाई टार्न भने सकेनन् । जितसँगै समूह जीको रुसले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानमा रहेको हंगेरीको ३ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*