सर्वेक्षण : अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित हुने संकेत
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिय निर्वाचन हुँदैछ। निर्वाचनमा रिपब्लिकनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटबाट जो बाइडेन उम्मेदवार छन्।ट्रम्पले जित हासिल गर्न नसकिने संकेत समेत रहेको अमेरिकामा गरिएका विभिन्न सर्वेक्षणहरुले जनाएको छ।ट्रम्पले भनेको एक कुराले उनलाई दोस्रो पटक राष्ट्रपति बन्नबाट रोक्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन्।
ट्रम्पले युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘पराजित व्यक्ति र मुर्ख’ भनेका थिए। उनको यो भनाईको अमेरिकामा निकै आलोचना भइरहेको बीबीसीले जनाएको छ। न्युज २४ बाट







