जमैकाको अर्को हार, सन्दीपको लय कायमै

जनपत्र
२१ भाद्र २०७७, आईतवार ०५:५६

क्यारेबियन प्रिमियर लिग अन्तर्गत जमैका तल्लावाह पराजित भएको छ । गएराती सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछाएको बार्बाडोसले १८।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।

जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए । नेपाली बलर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट आउट भइसकेको छ । गत सिजनको विजेता बार्बाडोस यो जितसँगै यस सिजनको सिपिएलबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ भएर बाहिरिएको छ । त्यस्तै जमैकाको भने पाँचौ हार हो । ९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका ७ अंकसहित चौथो स्थानमा छ भने जमैका सेमिफाइनलमा पुगिसकेको छ । जमैकाले अब अन्तिम लिग खेल सेन्ट लुसीयाविरुद्ध सोमबार खेल्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*