चार पात भएको बिरुवा ९ लाखमा बिक्यो !
घर बाहिर सफा वातावरणको लागि मानिसहरु बोटबिरुवा लगाउने गर्छन् । यसमा कतिपयले त धेरै खर्च पनि गर्ने गर्छन् । तर एउटै बिरुवालाई यति धेरै रकममा किनेर घरको सजावटको लागि राखिएको सायदै यो पहिलो पटक होला ।
न्यूजिल्याण्डमा एक ४ पाते बिरुवालाई ९ लाखमा किनिएको छ । यो बिरुवा अत्याधिक दुर्लभ बिरुवा रहेको बताइएको छ । यसको नाम वेरिगेटेड र्याफिडोफोरा टेट्रास्पर्मा रहको छ ।यो बाहेक यसलाई फिलोड्रेन्ड्रोन मिनिमा पनि भनिन्छ । यसमा पहेँलो रङका ४ पातहरु हुन्छन् ।
एजेन्सीको सहयोगमा






