नेसन्स लिगमा नेदरल्यान्ड्सको विजयी शुरुवात, इटाली बराबरीमा रोकियो

जनपत्र
२० भाद्र २०७७, शनिबार ०६:००

युइएफए नेसन्स लिग अन्तर्गत नेदरल्यान्ड्सले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्याण्डमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ ।

खेलको एक मात्र गोल स्टेभेन बेर्गविजनले गरेका हुन् । प्रिमियर लिगमा टोटनह्यामबाट खेल्ने स्टेभेनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले आफ्नो १०औ अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका छन् । उनले खेलको ६१औ मिनेटमा गोल गरेका थिए ।

नेदरल्यान्ड्सले नेसन्स कप अन्तर्गत अब अर्को खेल इटालीसँग सेप्टेम्बर ८ मा खेल्ने छ । नेसन्स कप अन्तरगत आफ्नो पहिलो खेलमा इटाली भने बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा इटाली बोस्निया हर्जगोभिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

अन्य खेलमा अल्बानियाले बेलारुसलाई २-० ले पराजित गर्यो भने अस्ट्रियाले नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै चेक रिपब्लिकले स्लोभाकियालाई ३-१ गोलले जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*