हेटौंडामा तीन सय बेढको अस्पताल बनेपछी उपचारमा अरु जिल्ला धाइरहनु पर्दैन–निर्देशक खड्का

जनपत्र
१७ भाद्र २०७७, बुधबार ०७:००

हेटौंडा । स्वास्थ्य क्षेत्रमा निकै पछाडी परेको हेटौंडा उपमहानगरपालिकामा अव भने सबै खालका स्वास्थ्य सेवा दिने प्रकृया सुरु भएको छ । पहिलो चरणमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन गरेर पदाधिकारी नियुक्ती गरेर काम सुरु गरिएको छ । प्रतिष्ठानले हेटौंडा अस्पताललाई तीन सय वेढको अस्पताल निर्माण गरेर सबै खालका स्वास्थ्य सेवा दिने तयारी थालेको हो । अहिले जिल्ला अस्पतालको रुपमा परिचित हेटौंडा अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडी वढाइएको छ ।

अहिले सामान्य खालका विरामी पर्दा पनि भरतपुर, काठमाण्डौ जानुपर्ने बाध्यता छ । अव भने प्रतिष्ठानले ३ सय वेढको अस्पताल निर्माण गरिसकेपछी मकवानपुरवासीका ती बाध्यता हट्ने विस्वास लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर हरिबहादुर खड्काले वताउनुभयो । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४ जना पदाधिकारी नियुक्त गरिसकिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर बिश्वराज जोशी, शिक्षाध्यक्षमा डाक्टर सतिश देब, रजिस्ट्रामा राजेश प्रसाईं, निर्देशकमा डाक्टर हरीबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गरिएको हो । अव भने प्रतिठानले काम थाल्न सुरु गरेको छ ।

यसै सन्धर्वमा जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर हरिबहादुर खड्कासंग कुराकानी गर्नु भएको छ । सुनौ अडियो कुराकानी ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*