सन्दीपको अनुशासित बलिङ, जमैकाले पायो १०९ रनको लक्ष्य
क्यरिबियन प्रिमियर लिग ‘सिपिएल’ अन्तर्गत गुयाना अमेजन वारियर्सले जमैका तल्लावाहलाई १०९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनाएको हो ।
गुयानाका लागि रोज टेलरले सर्बाधिक २५ रन बनाएका छन् भने नवीन उल हकले २० र निकोलस पुरनले १५ रन बनाएका छन् । गुयानाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जमैकाका बलरहरुले अनुशासित बलिंग गरेका थिए ।
जमैकाका फिडेल एडवर्ड्स र मुजीब उर रहमानले ३-३ विकेट लिए भने सन्दीप लामिछाने र आन्द्रे रसेलले एक एक विकेट लिएका थिए । एड्वार्ड्सले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए भने मुजीबले ४ ओभरमा एक मेडनसहित ११ रन दिएर ३ विकेट लिए ।
त्यस्तै नेपाली स्पिनर सन्दीपले अनुशासित बलिंग गर्दै ४ ओभरमा १२ रन दिएर एक विकेट लिएका छन् । सन्दीपले गुयानाका शेरफेन रुदरफोर्डलाई आउट गरेका थिए । यस सिजनको सिपिएलमा सन्दीपको यो पाँचौ विकेट हो ।






