इन्टरलाई स्तब्ध पार्दै सेभियाले जित्यो युरोपा लिगको उपाधि

जनपत्र
६ भाद्र २०७७, शनिबार ०५:५६

युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।
त्यस्तै इन्टरका लागि लुकाकु र डिएगो गोडीनले एक एक गोल गरेका थिए ।

योसँगै सेभियाले सबै भन्दा बढी छैठौ पटक युरोपा लिगको उपाधि जितेको छ । सेभिया अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*