च्यारिटी खेलमा नेपाल ११ को फराकिलो जित

जनपत्र
६ भाद्र २०७७, शनिबार ०५:५४

दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी ओपनर कुन्दन सिंह राजपूत बचाउ अभियानको लागि सहयोग गर्न कतारमा च्यारिटी खेल सम्पन्न भएको छ । शुक्रबार बेलुका कतारको सहेलिया मैदानमा भएको खेलमा नेपाल ११ ले अल इख्तियार ११ लाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेपाल ११ ले निर्धारित १६ ओभरमा १ विकेटको क्षतिमा २ सय ७० रन बनाएको थियो ।

नेपाल ११ का मोख्तर अली ५० बलमा ८ चौका र १२ छक्का सहित १ सय २९ रनमा अविजित रहे । एन्टेखब अहमदले ४५ बलमा ७ चौका र ११ छक्का सहित १ सय ११ रन बनाएका थिए । २ सय ७१ रनको लक्ष्य पछ्याएको अल इख्तियार ११ ले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो । उसका खुशदील अहमदले सर्वाधिक ४५ रन बनाए ।

नेपाल ११ का अस्गर अलीले सर्वाधिक २ विकेट लिए । नजम शेख, सोमन, सञ्जय, एन्टेखब अली र फिरोज रैनले १–१ विकेट लिए । कुन्दनलाई सहयोगको लागि कतारमा बस्ने नेपाली समुदायको नेपाल क्रिकेट क्लबले च्यारिटी खेलको आयोजना गरेको थियो । अल इख्तियार भारतीय समुदायको बाहुल्यता रहेको टोली थियो ।

कुन्दनले कोरोना भाइरसलाई समेत जितेर दुई दिन अघि घर महोत्तरीको जलेश्वर फर्केका थिए । कुन्दन एक वर्ष अघि देखि दुवै मृगौला खराब हुदा उपचार गराउँदै आएका छन् । कुन्दन सिंह बचाउ अभियानमा हालसम्म ३ लाख भन्दा बढि नेपाली रुपैयाँ उठि सकेको अभियान्ता विज्ञान कार्की बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*