‘विषाक्त पदार्थ खुवाइएका’ रुसका विपक्षी नेता कोमामा

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०५:५९

रुसका विपक्षी नेता अचेत अवस्थामा अस्पतालमा रहेको र उनलाई कसैले विषाक्त गरेको हुन सक्ने उनकी प्रवक्ताले बताएकी छन् । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी हाल अस्पतालमा छन्, र उनको होस आएको छैन । भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी परेका हुन् । उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो ।
डाक्टरहरुले नाभाल्नी कोमामा रहेको र जीवन रक्षाका लागि प्रयास गरिहेको बताएका छन् । विमानस्थलको क्याफेमा उनको चियामा कुनै विषाक्त पदार्थ हालिएको आशंका नाभाल्नीको टिमले गरेको छ । रुस सरकारले नाभाल्नीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताएको छ । ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । उनलाई सत्ताले नै विषाक्त पदार्थ प्रदान गरेको आशंका उनको टिमको छ ।

गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*