कविताः कोरोना अब तिमि जाउ
तिमि आठ महिना पहिला देखि आयौ
चिनबाट सुरु भइ संसारलाई हल्लायौ
बढी संक्रमितको कारण गरियो लकडाउन
भन्दा भन्दै बढ्यो अनि बितिसक्यो साउन
हामी विद्यार्थी पाएनौं स्कुल जान
घर बाहिर गइ कसैले नदेखाऔं शान
अनलाइन कक्षा त भईरहेको छ हाम्रो
साथी गुरु नभएकाले लाग्छ स्कुल नै राम्रो
अहिले त हाम्रो रमाइलो पर्व तिज आयो
कोरोनाको कारण सबैतिर शुनसान छायो
खान दिएनौ हामीलाई सँगै बसी दर
अति भो अब नपार हामीलाई कहर
हाम्रो बिन्ति छ कोरोना अब तिमी जाउ
गएर तिमि अब कहिल्यै फर्केर नआउ
रुविआ पराजुली
कक्षा ६
बुढानिलकण्ठ स्कुल, काठमाण्डौ







