सिपिएलमा सन्दीपको टीम जमैकाको विजयी शुरुवात

जनपत्र
४ भाद्र २०७७, बिहीबार ०६:१२

क्यारेबियन प्रिमियर लिग ९सिपिएल० अन्तर्गत जमैका तल्लावाहले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा जमैका तल्लावाहले सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको छ । सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछाएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

जमैकाका लागि आसिफ अलीले १७ बलमा अविजित ४७ रन बनाएका थिए । त्यस्तै ग्लेन फिलिपले ४४ रन बनाएका थिए । त्यस्तै कप्तान रोभन पावेलले २६, आन्द्रे रसेलले १६ र कार्लोस ब्रेथवेटले १८ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाउदै १५८ रन बनाएको थियो । सेन्ट लुसियाका लागि रोस्टन चेजले सर्बाधिक ५२ रन बनाए भने नाजिबुल्लाह जद्रानले २५, आन्द्रे फ्लेचरले २२ रन बनाएका थिए ।

त्यस्तै जमैकाका बलर भेरासामी पेर्माउल र मुजीब उर रहमानले २(२ विकेट लिए भने सन्दीप लामिछाने र आन्द्रे रसेलले १(१ विकेट लिएका थिए ।

सन्दीपको औसत प्रदर्शन

नेपाली स्पिनर सन्दीप लामिछानेले यस सिजनको पहिलो खेलमा एक विकेट लिएका छन् । यस सिजनमा जमैका तल्लावाहबाट खेलिरहेका सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् । २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*