कोरोना संक्रमित प्रति छिमेकी र आफन्तले गर्ने व्यावहार सुधारगर्नु अहिलेको आवस्यक्ता
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमति भएपछी छिमेकी आफन्त र टोलवासीहरुले अहिले पनि नकारात्मक रुपमा हर्ने गरिन्छ । अझ दुरव्यावहारका घटना धेरै हुने गरेका छन् । अझै यो संकटको समयमा पनि डाक्टरलाई हेर्ने दृष्टीकोण पनि सकारात्मक छैन । फेरी पनि आफुलाई पनि कोरोना भाइरस संक्रमण हुन सक्छ भन्नेकुरा कसैले पनि बुझेकै छैनन् ।
अहिले धरै जसो फेसवुकमा विरामी भएको थाहा पाएपछि समुदायबाटै दुर्व्यवहार, घृणा, अपहेला भएको चिनेजानेकै साथीहरुको चिन्ता र वेदनाले भरिएको गुनासोहरु आईरहेको छ भने फेसवुकका भित्ताहरुमा पनि यस्तै कुराहरु देख्न पर्दा म आफैलाई अति दुखि बनायो ।
हाम्रो समुदायमा यसले निकै नै सन्नाटा छाएको छ । छरछिमेकमा आवत जावत र मित्रता घटाउँदै त्रास र बैरभाव बढाउँदै जाला जस्तो डर लाग्यो । रोग त उपचार पछि निको होला तर छिमेकी र आफन्तले गरेको दुर्व्यवहारको घाउ निको हुन समय लाग्छ ।
यो अति संवेदनशिल कुरा हो । छरछिमेकी आफन्त र परिवार अब जो कोहिलाई संक्रमण हुनसक्छ त्यसैले संक्रमित कसैले कसैलाई हेला दुर्व्यवहार र वहिष्कार जस्तो अपराध कहिलै नगरौ । यो अदृष्यरुपमा फैलदै गरेको कोरोनाले गाउँ,टोल हुँदै सबैका घर दैलो दैलोमा तपाईं हामी सबैलाई भेट्ने आउँदै छ । आज छिमेकमा आयो भोली आफैंले स्वागत गर्न नपर्ला भन्न सकिदैन त्यसैले हामी कत्तिपनी विचलित नहौं, नआत्तिउँ,निरास नबनौ,आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु अपनाउँ । घरमै दैनिक शारिरीक व्यायाम गरौं, संन्देस मुलक र ज्ञानवर्दक कुराहरु खोजेर पढौं अरुलाई सकारात्मक संन्देशहरु दिउँ,सकारात्मक सोचको विकास गरौं ।
कोभिडले परिवारका सबैलाई चाडपर्व झैं भेला गराएको छ चाडपर्वमा झैं रमाईलो संग बसौं, महिला पुरुष एक अर्कालाई सम्मान गर्दै मिलेर काम गरौं ,परिवारमा बैरभाव र असन्तुष्टि कहिलै सृजना नगरौ यस्ले घरेलु हिंसा जन्माउँन सक्छ त्यसैले सानातिना कुरालाई पहाड नबनाउँ ।
अहिले सबै जसोका घरमा बाबालिका, युवा, विद्यार्थी वैदेशिक रोजगारमा गएकाहरु, रोजगार व्यापार विज्नेसका सिलसिलामा व्यस्त जीवन विताएकाहरु पनि खुम्चिएर बस्नु परेको अवस्था छ ।
आ-आफ्ना व्यवहारीक तनावमा पारेका बेला पारिवारीक तनाव थपिदा मान्छेमा वितृष्णा पैदा हुनुको साथै मनोसामाजिक समस्याले सताउन सक्छ । त्यसैले पारिवारीक वातावरण सफा र सौहार्यता बनाउनु आजका आवश्यकता हो ।
सबैको आ-आफ्नो कार्य टुटेको छ । सबैलाई मनमा अनेकौं खुलदुली , चिन्ता र डर बढेको छ । रोग लाग्ला भन्ने एउटा चिन्ता कसरी सुरक्षित रहने भन्ने अर्को चिन्ता,भविष्य र लामो जीवन संघर्षको अर्को चिन्ता,शून्य तथा मौनता बस्नु पर्ने झन ठुलो चिन्ता,परिवारको लालन पालनको समस्या आदि कारणले मानिसमा दुर्घटना निम्त्याउँछ । यस्तो समस्यालाई मनोसामाजिक समस्या भनिन्छ ।। यो नै मानिसका लागी जीवन र जगत बारे नबुझेर आफुलाई समाल्न नसक्ने अवस्थामा पुग्नु हो । यो केवल मन र समाजको तालमेल नमिल्दा हुने दु्र्घटना मनोसामाजिक समस्या अर्थात मनरोगका कारण हुने दुर्घटना हो ।
तर यस विषम परिस्थितीमा परिवारका कसैलाई रोगको लक्षण देखीहाले नआत्तिकन स्वास्थकर्मि संग परामर्श लिउँ,स्वास्थ परिक्षण गरौं, सकिन्छ भने स्वास्थको मापदण्ड अनुसार आफ्नै घरको छुट्टै कोठामा वस्दा पनि हुन्छ । छिमेकीलाई सक्रमण भएमा ठुलै अपराध गरे जस्तो मानवता हिन व्यवहार कसैले नदेखाउँ । यो संकटपुर्ण घडीमा सबैले सबैलाई माया र सद्भाव गरौं । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ, घरेलु हिंसाको न्युनिकरण गर्छ, मनोसामाजिक स्वस्थताको वतावरण सृजना गर्छ डिप्रेसन हुनबाट बचाउँछ अहिलेको परिस्थितीमा एलोपेथिक र आयुर्वेदि मात्र औषधि हैन मनोविमर्शकर्ता मार्फत तनाव व्यवस्थापन गर्न सक्नु पनि जीवन सुरक्षाका लागी अति महत्वपुर्ण छ ।
लेखक जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ ।