शख्तर डोनेटस्क युरोपा लिगको सेमिफाइनलमा

जनपत्र
२८ श्रावण २०७७, बुधबार ०५:५२

यूइएफए युरोपा लिग अन्तर्गत युक्रेनी क्लब शख्तर डोनेटस्क युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा स्विस क्लब बसेललाई ४-१ गोल अन्तरले पराजित गर्दै शख्तर सेमिफाइनलमा पुगेको हो ।

शख्तरको जितमा जुनियर मोराएस, टाइसन, एलान प्याट्रिकर डोमिलिसन सान्तोसले एक एक गोल गरेका थिए । त्यस्तै बसेलका लागि एक गोल रिक्की भान वोल्फ्सविन्कलले फर्काएका थिए ।

२००८-०९ मा युरोपा लिग जितेको शख्तरले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्ने भएको छ । दुवैबीचको खेल अगस्त १७ मा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*