ब्रुनोको गोलमा म्यानचेस्टर सेमिफाइनलमा

जनपत्र
२७ श्रावण २०७७, मंगलवार ०६:१२

अतिरिक्त समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनलाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

कोल्न जर्मनीमा सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । बल पोजेसनमा पकड बनाएर कोपनहेगनलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो ।

कोपनहेगनका गोलरक्षक कार्ल जोहन जोन्सनले युनाइटेडका हरेक प्रहारलाई विफल पारेका थिए । अतिरिक्त समयको ९५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डरइन्ड्रिएस विजेल्यान्डले फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएको थियो । जसमा ब्रुनो चुकेनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*