मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा

जनपत्र
२५ श्रावण २०७७, आईतवार ०७:०१

लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले २३औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–० को अवस्थामा पुर्‍याए ।पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र बार्साले समग्रमा ४(२ को जीत निकाल्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७(१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*