दश वर्षे प्रेमको दुखद अन्त्य (सुन्नपनि मिल्ने)

इमान मगर
२० श्रावण २०७७, मंगलवार ०६:०१

मान्छे चाहे जो सुकै होस बाहिरबाट हेर्दा जति खुसी देखिन्छ वास्तवमा मनैदेखि त्यति खुसी हुदैन मान्छे । हो म पनि त्यही भिडको एक मान्छे हु । मनमा बेदना बोकेर अरुको अगाडी खुसी भएको अनि हाँसेको नाटक गरिरहेको छु । साँच्चै अचम्मको रहेछ जीन्दगी के सोचेर अघि बढेको हुन्छ तर के भै दिन्छ । जसलाई सर्वस्व सुम्पेको हुन्छ अनि जसलाई सर्वस्व मानेको हुन्छ बिडम्बना उनैले नै सर्वस्व लुटेर जान्छ भने आखिर बिश्वास कस्को ? माया पनि अचम्मको रहेछ । यहाँ कोही कोहीले त माया पैसासंग साट्दो रहेछ । पैसाकै पछि लागेर ढाट्नुसम्म ढाट्दो रहेछ । मेरो जीवनमा पनि यस्तै घट्ना घटेको छ । आज म तपाईहरुलाई मेरो जीवनको अध्यारो पाटोलाई कोट्याउने जमर्को गरेको छु । ती पाटोलाई कुन शब्दले सुरुवात गरेर कुन शब्दले अन्त्य गरुँ आफै दोसाँधमा छु । मेरो मुटुमा खिल बनेर जीवनभरी पिडा दिने मान्छेको नाम कमला हो । कुनै समय मलाई धेरै माया गर्ने मान्छे हो कमला । तर आज किन परिवर्तन भयौ कमला ? कमला तिमीसंगको यो मेरो यात्रा सायद यहि सम्मको रहेछ । सायद मेरो भाग्यमा तिमीलाई पाउन लेखीएको रहेन छ कमला । हाम्रो १० दश बर्षसम्मको मायालाई तिमीले कति सजिलै भुल्न सक्यो है ? कमला जुन बेला तिमीसंग मेरो भेट भयो त्यो दिन तिमीले भनेकी थियौ ईमान म हजुरको भै सके मलाई कहिल्यै एक्लै नछोड्नु है । तर आज… कमला जिन्दगीमा तिमीले मलाई धेरै सिकायौ….माया के हो थाहा थिएन त्यो सिकायौ, आफ्नो पनको अनुभूति दिलायौ, एउटा राम्रो मान्छे बन्न सिकायौ, कहिले गलत काम नगर्नु अनि सधै राम्रो काम गर्नु भन्दै सिकायौ, अझै ताजा छ मेरो मन मस्तिष्कमा तिमिले भनेकी थियौ हजुर त एक्लो छोरा चाडपर्वमा चेलीबेटीलाई कल गरेर भए पनि बोलाउनु हजुर त परदेशमा हुनुन्छ बाबा आमालाई सधै कल गर्नु मेरो एउटै भएको छोराले कल गरेन भनेर मन दुखाउनु हुन्छ । साँच्चै तिमि कति बुझ्ने थियौ । अनि भन्ने गथ्यौ म त हजुरकै हो ईमान मैले त बुझ्छु भन्दै सिकाउथ्यो । तर

कमला तिमीले मलाई यति धेरै सम्झाउथ्यो तर कमला आज तिमीले नै मलाई यस्तो गर्दा…..हो म पागल झै भएको छु कमला… कमला तिमीले नै भन्थ्यो ईमन मलाई कहिल्यै हजुरबाट टाढा नगर्नु है म हजुर बिना बाँच्न सक्दिन भन्थ्यो । मैले ति शब्दहरुमा असिमित माया देखे…अनि निश्वार्थ माया गरिरहे….तर के थाहा आज मैले तिनै शब्दहरु भनि रहँदा तिमिले सुन्ने छैनौ भनेर । कमला आज आएर तिमीले मलाई यसरी बिच बाटोमा थाहै नदिई एक्लै अल्पत्र छोड्नु थियो भने आखिर किन १० बर्षसम्म माया गरेको नाटक गर्यो ? कमला किन मसंग जुनि जुनिसंगै जिउने मर्ने कसम खायौ ? कै तिमिले गरेको माया पहिले देखिनै यति कमजोर थियो ? भन कमला … किन मलाई जिन्दगीमा यस्तो गर्नु पर्छ, उस्तो गर्नु पर्छ, भनेर ठूलो सपनाहरु देखायौ ? किन…कमला ….किन ? यदि मलाई एक्लै छोड्नु रैछ त तिम्रो बाबा ममि भाइसंग किन मेरो भेट गरायौ ? तिम्रो ८५ बर्ष पुग्नु भएको हजुर आमालाई किन म ईमानलाई माया गर्छु भनेर भन्यो कमला ? यदि माया नै थिएन भने किन मलाई तिम्रो गुरु मान्ने त्यो तिम्रो बिष्णु भगवानको मन्दिरमा लग्यो ? कमला किन मलाई काठमाडौंको दक्षिणीकाली मन्दिरमा लग्यो ? कति कठोर है तिम्रो मन ? कति सजिलो छ है अरुको भावनासंग खेल्न ? भन कमला किन मसंग कहिले नछुट्ने वाचा गर्यो भन त ? कमला कुनै बेला म बिना एक पल पनि बाच्न नसक्ने तिमी आज त्यस्तो कुन बाध्यता पर्यो म बाट यति धेरै टाढा हुनु पर्ने ? भन कमला किन ? के पाउनको लागि मसंग यस्तो मायाको नाट्क गर्यो भन त ? हे भगवान मैले कस्तो माया लाए ?
ती पलहरु ती क्षणहरु अझै मेरो मनमा ताजै छ । तर तिमिले त्यो दिन बिर्सेउ जुन दिन अर्थात २०७४ साल चैत्रमा ममि लिएर, तिम्रो भाई, अनि तिमि मेरो गाउँमा घुम्न आएको थियौ अनि हामी नवलपरासीको दाउन्ने मन्दिर अनि सिजी मन्दिर घुमेर नाराणघाटबाट रात्रिकालिन बस चढेर तिमी मेरो काखमा निदाउदै गएको अनि भोलिपल्ट बिहान २÷३ बजेको समयमा काठमाडौ ओर्लिएको । त्यसै गरि २०७५ बैशाख १,२,३, गते नयाँ बसपार्क बालाजु मित्रनगरमा सडक महोत्सव थियो त्यति बेला हामीसंगै हिँडेको अनि बसेको बिर्सेउ कमला ? त्यति मात्र होईन कमला त्यो दिन पनि बिर्सेउ जुन दिन पहिलो चोटि २०७३ साल फाल्गुनको २४ गते तिमी मलाई एयरपोर्टमा लिन आएको अनि भोलि पल्ट मन्दिरमा गएर संगै जिउने मर्ने बाचा कसम खाएको अनि हामी बिच भएको त्यो ……. सब कति सजिलै बिर्सेउ है ? कमला तिमीले मलाई यसरी घात गर्नु रैछ त किन सुम्पेउ तिम्रो शरीर ? भन त कमला किन ? काठमाडौंमा मायाको नाटक गरेर शरीर सुम्पिने चलन छ र कमला ? भन कमला के यही हो साँचो माया ? क मला मलाई तिम्रो माया झुठो होला भन्ने अलिकती पनि लागेको थिएन । मलाई गलत काम गर्नु हुन्न सधै राम्रो काम गर्नु पर्छ भनेर सिकाउने मान्छेले कहिले पैसाको लागि शरीर सुम्पिदैन भन्ने लाग्थ्यो मलाई । कमला हुन सक्छ म बाट पनि गल्ती भयो होला…..तर कमला तिमी आज मबाट किन टाढा भयौ भन त ? टाढा हुनुको कारण मैले पनि थाहा पाउन पाए…वा कुनै गल्ती भएको भए सुधार्ने मौका दिए सुध्रन्थे होला…. एउटा अपराधीलाई त सुध्रर्ने मौक दिईन्छ । तर मैले न केही कारण थाहा पाए न त्यो मौका नै । यति धेरै माया गरेर त्यो बाचा कसम गरेर समाएको मेरो हात किन छोड्यौ ?

हात समाउनु मायाको देखाउनु तिम्रो लागि त खेल जस्तै रहेछ है ? कमला एक दुई दिन कसैसंग बोलेको भेटेको मान्छेलाई त बिर्सन सक्दैन भने मैले कसरी बिर्सन सक्छु र तिमिलाई ? कमला हाम्रो माया दुई चार दिनको माया होईन । १० बर्षसम्मको त्यो माया अनि त्यो मसंग बिताएको पलहरु …साँच्चै कति मिठो थियो । तिमीलाई थाहा थियो मितिले भनेको हरेक कुरा मैले मन्थे…कमसेकम तिमीले ईमन म बाट गल्ती भयो हामी बीच जे भयो भयो सबै भुलीदिनु अनि मेरो जिन्दगीमा कहिल्यै न आउनु भनेको भए कसम तिम्रो खुशीको टाढा गई दिन्थे कमला…कुनै बेला मेरो फोन र म्यासेज तिम्रो हाँसोको कारण बनेको अझै याद छ । मेरो एक एक शब्द र बोली तिम्रो लागि अमुल्य थियो । अनि मेरो लागि सारा संसार अनि जीउने आधार तिमि नै थियौ । तर तिमीले मलाई पैतालाको धुलो सरी मिल्काई दियौ कमला…कोमल मन देखाएर कठोर मन बनाएर गयौ कमाला । सर्पले काचुली फेरे जस्तै तिमी आफुलाई परिवर्तन गरेछौ किन कमला त्यस्तो कुन बाध्यता पर्यो कमला ? आफनै मान्छे जसलाई जुनि जुनी संगै मर्ने बाच्ने कसम खाने मान्छेलाई नै भुल्नु पर्ने कमला ? आज मेरो साथमा तिम्रो बेवल मुटुमा बिझाउने तिम्रो याद अनि माया र हेर्नलाई तिम्रो तस्बिर छ ।
कमला जुन दिन तिमी म बाट एक्कासी टाढा भयौ त्यो दिनदेखि म पागलझँै तिमीलाई खोज्दै हिँडे, चिनेजानेका सबैलाई सोधे, नम्बर परिवर्तन गरिछ्यौ अनि फेसबुकमा पनि ब्लक गरिछ्यौ । मलाई हरेक माध्याममा ब्लक गर्न सक्ने तिमिले मेरो मुटुलाई छिया छिया पार्ने तिम्रो याद आउने बाटो किन ब्लक गरिनौ ? तिम्रो सम्झनामा बग्ने आँशूको मुल किन ब्लक गरिनौँ ? तिम्रै नाम लिने मुख अनि तिमिलाई खोजिरहने मुटुलाई किन ब्लक गरिनौँ ? मलाई तिम्रो बारेमा तिमीसंगै १०÷१२ बर्ष देखि बस्ने दिदीले सबै सुनाउनु भयो मलाई तिमीले त्यस्तो गर्यो होला भनेर बिश्वास नै लागेन, कमला त्यो अडियो पनि छ मसंग अनि तिमीले अझै ५ बर्ष पर्खिनु भनेर लेखेको म्यासेज पनि छ । मनमा पिडा असैया भएपछि मैले तिम्रो बाबालाई कल गरेर तिम्रो र मेरो बारेमा सबै सुनाएपछि बाबाबाट थाहा भयो नवलपरासी घुम्न आएको तिम्रो बाबालाइसम्म थाहा रैन छ । जस्ले आफ्नै बाबालाई छल गरेर घुम्न जान्छ उस्ले कसरी अरुले मेरो बारेमा सोध्दा झुट बोल्दैन होला र ? तिम्रो बाबासंग बोलेको अडियो छ । तिमिले हरेकलाई झुट बोलेको रहेछ । अनि मसंग झुटो माया समेत लाउन भ्यायौ है ? तर यतिका कुरा थाहा पाउदा पनि मिमिलाई नै सम्झेर किन रुन्छ मन ?

कमला तिम्रो साथीहरूले तिमीलाई मेरो बारेमा सोध्दा भन्थ्यो रे म ईमनलाई चिन्दिन भनेर । आहा कति सजिलो भुल्यो है ? कति सजिलै अरुलाई अंगाल्यो है ? कति सजिलै बिक्ने कति सस्तो माया है तिम्रो ? अनि तिम्रो आफन्तले सोध्दा पनि चिन्दिन भन्यो रे….. हुन त कसरी चिन्थ्यो र पैसाको लागी मायाको नाटक गरेर शरीर सुम्पिने बानी परेको तिमी जस्तिले…. कमला छातिमा हात राखेर आखा चिम्लिएर त्यो तिम्रो गुरु बिष्णु भगवनलाई सम्झ त…के साँच्चै तिमीले मलाई चिन्दिन भनेर ? कमला मेरो घर परिवारसंग, दिदी बैनीसंग बोलेको, अनि मेरो गाउँको आफन्तहरुसंग काठमाडौंमा भेटेको ? फेरी एक पटक सम्झ त… कमला तिमी त माता भनेकी थियौ अनि भन्थ्यौ सबैको भुत बर्तमान भबिष्य हेर्छु भने तर तिमीले तिम्रो भबिष्य हेर्न किन भुल्यो कमला ? मलाई गलत काम गर्न हुन्न भनेर सिकाउने मान्छेले किन यस्तो गर्यो कमला ? तिमिलाई त के थाहा तर भुल्न गाह्रो हुदो रैछ कमला मनैदेखि गरेको साँचो मायालाई भुल्नलाई, तिम्रो जस्तो कठोर मन मेरो पनि किन हुन सकेन कमला ?…पहिला मलाई अलि कति दुःख पर्दा रुने मान्छे तिमि त्यो मन अलि कति पनि दुखेन ? के दुख्थ्यो र है हुन त बाटो मोडेर अन्तै नाता जोडेर गएकी तिमि…..

हिजोको फूल तिमि आज काँडा बनेर मेरो मनमा बिझई राखेपनि कमला मलाई त भुल्यो अब तिम्रो बानी सुधार्नु है यसरी जिन्दगी सधै राम्रोसंग बित्दैन कमला…होला कुनै पल कुनै क्षण पैसा ठुलो होला तर सधैको लागि इज्जत ठुलो हो । तिमिले मेरो मन अनि भावनासंग खेल्यो तर पैसाको लागी उसको मन दुखाएर मलाई जस्तो अरुलाई शरीर सुम्पिने काम नगर्नु है अबको बाँकी जीवन खुशीले बिताउनु यही छ कामना । जिन्दगीको दौरानमा कहि सजिलो बाटो आउँछ भने कतै अप्ठ्यारो मोडहरु आउलान सजिलै पार गर्न गाह्रो होला तर त्यसलाई पार गर्न सिक्नु । यदि जिन्दगीमा सबैबाट हेलित भएर कँहि कतै जाने ठाउँ पाइनौ भने त्यही पहिलैको ठाउँ पट्टि अर्थात पछाडी फर्केर हेर्नू म तिमीलाई नै पर्खेर बसेको हुनेछु । तिमीले पो माया मारेर गयौ तर मैले त माया मारेको छैन नि जुनि जुनी तिमीलाई नै पर्खी रहेको हुने छु । तिमीले माया मारेर एक्लै छोडेर गएको मान्छे म । लाखौंलाख शुभकामना कमला तिमीलाई जसको लागि मलाई छोड्यो उसलाई नछोड्नु है । उही ईमान….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*