एफए कपको उपाधि आर्सनलले जित्यो

आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आर्सनलले चेल्सीलाई २(१ गोल अन्तरले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।
आर्सनलको जितमा दुवै गिल पिएरे एमरिक अउबामेयांगले गरेका थिए । उनले खेलको २८औ मिनेट र ६७औ मिनेटमा गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि भने एक गोल क्रिस्टियन पुलासिकले गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७३औ मिनेटमा चेल्सीका माटेओ कोभाकिकले रातो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।योसँगै आर्सनलले सबैभन्दा धेरै १४औ पटक एफए कपको उपाधि जितेको छ । त्यस्तै आर्सनल अहिलेसम्म साट पटक फाइनलमा पराजित समेत भएको छ ।
आर्सनलपछि धेरै पटक एफए कप उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक जितेको छ भने चेल्सी र टोटनह्यामले ८(८ पटक जितेका छन् ।