कालो रात: सुस्मिताको बोली (भिडियो सहित)

जनपत्र
८ श्रावण २०७७, बिहीबार ०५:४८

आमा
म सुस्मिता क्या, तपाईकी छोरी सुस्मिता
तपाइको छोरी मरेकी छैन आमा
ति पापीहरुले मेरो देह मार्यो
तर मेरो आत्मा मरेको छैन बाबा
तपाईहरु मलाइ देख्नु हुन्न
तर मैले तपाईहरुलाई हेरिरहेकी छु आमा
आमा
श्रीमानको मृत्यु पछि
बिक्षिप्त मुटु
कुँडएिको मन
अनि अँध्यारो जीवन बाँचिरहेकी थिएँ
त्यो रात
जुन रात मेरो अन्तिम रात थियो आमा
भुँईमा टुक्रुक्क बसेर खाना खाँदै थिएँ
आदि भात थालमा थियो
अनि एक गाँस मुखैमा थियो
अकस्मात्
पछाडिबाट मेरो टाउकोमा केही बज्रीयो आमा
उठ्न खोजे
फेरी बज्रीयो
दुखाइ सहन सकिन बाबा
अनि धुन्मुन्निएर भुँईमा ढले
त्यो बेला मैले बाँच्न हर प्रयास गरेँ
गुहार मागे तर सुन्ने कोही थिएनन्
बारम्बार बज्रीरहेको थियो
प्रतिवाद गर्न खोजे
थिलथिलो हुने गरि टाउकोमा सिलौटोले हान्यो
राक्षस रुपी ती पापीहरुले
बाँच्न प्राणको भीख मागे
तर बदलामा प्राण त्याग्नु पर्यो आमा
तपाईको छोरी काँतर होइन बाबा
हिम्मत हारा पनि हैन आमा
पापी राक्षसहरुको अगाडि हारे
प्राण जान पनि गाह्रो हुने रहेछ
आमा आमा बाबा बाबा भन्दाभन्दै
बिस्तारै दुखाई हरायो
सास फेराई सुस्तायो
मुटुको चालसंगै म पनि अस्ताए आमा
मेरो देह मुढाझैँ ढलिरहेको बेला
तपाईहरु पिडाले अर्धचेत देखेँ
मेरो आत्माले
आमा आमा भने
बाबा बाबा भने
तर सुन्नु भएन तपाईहरुले
मैले सबैसंग हार गुहार गरे
रातको कहाली लाग्दो घट्ना सुनाउन
तर मेरो आत्माको आवाज कसैले सुनेनन्
अनि बल्ल थाहा भयो
मेरो देह मारि सकेछ पापीहरुले
देह र आत्मा छुट्टि सकेछ
तर मेरो आत्मा मरेको छैन बाबा
आवाज त देहबाट आउने रहेछ
आत्माको आवाज नसुन्ने रहेछ
आमा
माफ गर्नुहोला आमा
माफ गर्नुहोला बाबा
पढाई पुरा गर्न सक्दिन
तीजमा माइत आउन
दशैमा रातो टीका लाउन
देउसी भैलो गाउन
अनि दाजुभाइलाई सप्तरंगी टीका लाउन
केही पनि सक्दिन आमा
आमा
मलाई न्याय दिन कति रुँदै हिड्नु भयो
बाबा
न्यायको लागि हार गुहार गर्दै हिड्नु भयो
तपाईहरुको गुण कसरी तिरुला खै
तीजमा संगीत बनेर आउनेछु
दशैँमा जमरा बनेर आउनेछु
तिहारमा सयपत्रि, मखमली
अनि सप्तरंगी टिका बनेर आउनेछु
माया गर्नु है आमा
माया गर्नु है बाबा
ती पापहिरुले मेरो देह मारेको हो आमा
मेरो आत्मा मरेको छैन बाबा
तपाईहरु संगै हुनेछु सधै सधै…

भिडियोमा हेर्नु होला ।

 

शब्द: दिपक सिंह रुम्बा
हेटौंडा मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*