भारतीय सीमा नजिकै चीनले राख्यो लडाकू विमान

जनपत्र
३ श्रावण २०७७, शनिबार ०६:१४

भारत र चीनबीच लद्दाखको विषयमा अहिले वार्ता चलिरहेको छ । केही समयअघि मात्र त्यहाँको गलवान घाँटीमा चिनियाँ र भारतीय सेनाबीच भएको भीडन्तमा २० भारतीय सेना मारिएका थिए । त्यसपछि भारतीय र चिनियाँ अधिकारीबीच भइरहेको वार्ता सकारात्मक हुँदै गएको बताउन थालिएको छ ।

तर, नयाँ स्याटालाइट तस्वीरहरुमा चीनले भारतसँगको सीमाभन्दा ३ सय ८२ किलोमिटर टाढा मात्रै आफ्नो लडाकू विमान ल्याएर राखेको देखिएको भारतीय मिडियाहरुले अब दाबी गर्न थालेका छन् । ओपन सोर्स इन्टिलिजेन्स एनालिस्टले जारी गरेको तस्वीर भन्दै भारतीय मिडियाले यो दाबी गरेका हुन् । त्यहाँ चीनले नयाँ भवनहरु पनि बनाएको र भारतविरुद्ध रणनीतिक रुपमा आफूलाई बलियो बनाउँदै लगेको भारतीय मिडियामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*