नेपालमा सतीप्रथाको सय वर्ष
सती प्रथाको शुरुवात शिवपुराण र स्वस्थानीमा भने जस्तो सतीदेवीको कथाबाट भएको भन्ने भनाइ छ । बाबा दक्षप्रजापततीले भगवान श्री महाँदेवको निन्दा गरेको र माहाँदेवलाई अनाधर,तुक्ष,अपमानजनक शब्दहरु प्रहार गरेरआफ्ना पतीदेवलाई गाली गरेको सुन्न नसकी सतीदेवीे दक्षले लगाएको महाँयज्ञको अग्नीकुण्डमा हाम्फालेर आत्मडाह गरेको कुरालाई टेकेर हिन्दू धर्मालम्विहरुले धार्मिक प्रथा तथा परमपराका रुपमा मनाउदै आएका थिय भन्ने ऐतिहाँसीक भनाई रहेछ ।
रजश्वला नहुदैकी नाबालिका सात आठ वर्षकी छोरीलाई चालिस पचास वर्षै जेठो वृद्ध संग वैवाहिक संम्वन्धमा वाँधेर श्रीमतीको लह लहाउँदो लाउँ लाउँ, खाउँ खाउँ भन्ने जवानी उमेरमा श्रीमान वितेपछी संगै जिउँदै चितामा जल्नुपर्ने यो एउटा कु्रर अमानविय र अपराधि प्रथा तथा परम्परालाई युगौं सम्म संस्थागत गरेर ल्याइएको थियो । गर्भवती,सुत्केरी नाबालक छोराछोरीको आमा केही नभनी जिउँदो मानिसलाई कसरी जलाउँदा हुन ? उनि रोएको चिच्याएको बाच्नका निमित्त हारगुहार गरेको सुन्न नपरोस भनेर बाजा र जोर शंख संगै बजाएर लादा रहेछन् । चितामा आगो लगाई सकेपछि अग्नी डाह थेग्न नसकी भाग्न खोज्दा लखटी लखटी ढुङ्गा मुडा गरेर भालाले घोचेर मारिदो रहेछ । एउटा उमेर पुगेर वा रोगले ग्रस्त भएर मरेको पुरुष संग जिउँदो महिलालाइ चितामा जल्न वाध्य बनाउने क्रुर परम्परालाई निरन्तरता दिने कुरितीको जती व्याख्या ग¥यो उती सहन गाह्रो पर्छ ।
त्यस्तो कुसंस्कार महिलाको उमेर वा जिन्दगी पुरुषको आयुसम्म मात्र जोडीएको हुदोरहेछ । यस्तो कुप्रथा वा कु्ररपरम्पराले प्रशिक्षित गराउँदै हुर्केको हाम्रो पितृसत्ता समाजिक संरचनाले श्रीमान वितेपछि किन (विधवा) एक्कल महिलालाई जिउँदो लास जस्तो शक्तिहिन कुरुप नबनाओस ? किन परिवारीक र समाजिक हिंसाको शिकार बन्न नपरोस ? यस्तो क्रुर बरबर प्रथालाई लोकप्रिय बनाएर वर्षौ वर्ष टिकाई रहनु । यस्तो कुप्रथालाई संस्थागत परम्पराको रुपमा पुस्तौं पुस्ता अगाडी बढाउनु मानव सभ्यताकै पराकाष्ट हो ।
सती प्रथा प्रचिनकाल देखीनै नेपाल र भारतमा चलाउदै आएका रहेछन् । राजा देखी प्रजा सम्मका महिला सबैले पती संगै सती जानै पथ्र्यो । राजा रणबहादुर शहाको लास संगै १४ जना श्रीमती र दुईजना दाशी समेत गरेर १६ जनालाई संगै जलाईयो । यसरी प्रताप मल्लका ३५ वटी रानी, नरेन्द्र मल्लको १० वटी रानी यसरी लिच्छवी ,मल्ल काल र राणकालमा सबैभन्दा बढी महिलाहरुलाई जिउँदै जलाएर मारे पृथ्वीनारायण शाहाकै पनि १ रानी २ भित्रेनी र ६ वटी सुसारे गरेर ९ जना नारीहरु सती गएको ईतिहाँसले बताउँछ । त्यो समयमा बाल विबाह र बहुविबाह गर्ने चलनलाई महाँन मानिन्थ्यो र जस्ले धेरै श्रीमती ल्याउन सक्यो उ महाँपुरुष अर्थात मर्दा पुरुष भन्ने चलन थियो त्यसो त पछि सम्म अर्थात हिजो आज सम्म पनि मर्दाकी १० वटी हुन्छन के को दुईटी ? भनेर पुरुषार्थ देखाउने भेटिदै छन ।
एक पुरुषले धेरै श्रीमती ल्याउने र एकको मृत्युमा सबैले देह त्याग्नुपर्ने कुप्रथा थियो । श्रीमती मात्र हैन दाशी ,सुसारे र भित्रेनीहरु जो बाचुन्जेल उस्कै जवरजस्ती यौन हिंसामा परे मरेपछि पनि उनिहरुलाई सुख सयल र आनन्द दिनकै निम्ती भनेर कपोकल्पित वहानामा नारीलाई सती नाममा जिउदै चितामा जलाउँथे । त्यस्तो कुसंस्कार बाट पालित पोषित हाम्रो समाजिक पितृसत्तात्मक संरचनाको जरो सजिलै उखेलेर फल्न सकिने छैन ।
यस्तो कुप्रथालाई कमि ल्याउन १९१० मा जंगबहादुर राणले पहिलो मुलुकी ऐन बनाए र त्यसमा सती प्रथा अन्त्य गर्ने प्रयास गरेको भन्ने ईतिहाँसमा पाईन्छ । उनले १६ वर्ष भन्दा कम उमेरका महिला र ९ वर्ष भन्दा कम उमेरको सन्तान भएकी महिलाले सती जान नपर्ने , गर्भवती सुत्केरी महिलालाई सती नलाने नियम बनाए । भित्रीनी,सुसारे र दाशीहरुले पनि सती जान नपर्ने ऐन बनाए तर उनकै मृत्यु हुदा उनका ४२ जना रानीहरुलाई एकै ठाउँमा उनैको चितामा जल्न वाध्य बनाए भन्ने ऐतिहाँसीक तथ्यले बताउछ ।
जंगबहादुरले केही नियम बनाएर सती प्रथा हटाउने भन्दा घटाउने प्रयास गरेकोमा उनको साहसलाई थप उर्जाका साथ पछि श्री ३ चन्द्रसमसेरले वि स. १९७७ असार २५गते (सन १९२० जुलाई ८ ) ईतिहाँसमै क्रान्तीकारी निणर्य गरे क्रुर,अमानविय कुप्रथाको अन्त्य गर्ने निर्णयले महिला वर्गको नै ठुलो उद्धार भएको छ । यसलाई राणकालमा महिला अधिकारकालागी चालिएको बलियो तथा क्रान्तीकारी पहल मान्न सकिन्छ ।
सती प्रथाका बारेमा कृष्र्ण धारावसीले निर्माण गर्नु भएको झोला ल्फिम असाध्य मार्मिक र सत्यपरक छ । अहिलेको पुस्तालाई मात्र नभएर भावी पुस्तालाई पनि यसको बारेमा साथै नेपाली समाजको ईतिहाँसका बारेमा पुरा जानकारी हुनेगरी यो टेली श्रृखला निर्माण गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । तर अहिले पनि श्रीमानको चितमा शरिर नजलाए पनि धेरै नारीहरुको मन मस्तिष्क जलाएर खरानी बनाई सकेका छन । जती ऐन नियम बनाए पनि संविधानका पाना पानामा लेखिए पनि कयौं मानिसको चेतना उही १६औं सताव्दीकै जस्तो भएर एक्कल महिला वा विवाहहित महिलाले पल पल मर्न वाध्य हुनपरेको छ । अब हाम्रो संवैधानिक अधिकारको रक्ष होस,पालना होस कोही महिलाले हिंसा र उत्पिडनका कारण अकालमा ज्यान गुमाउन नपरोस यहि कामना गर्न चाहन्छु ।
जनपत्रका लेखक भगवती पुणासैनी जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ ।







