रेलिगेसन जोनको बर्नमाउथसँग लेस्टरको लज्जास्पद हार

जनपत्र
२९ असार २०७७, सोमबार ०५:५५

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले रेलिगेसन जोनमा रहेको बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बर्नमाउथको जितमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २३औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो । ६६औं मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अगैता दिलाए । त्यसपछि नैसेन्टरब्याक काग्लर सायोन्कु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो । ८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि लेस्टरको जित निश्चित बनेको थियो । ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लेस्टरलाई ४–१ को नमिठो हार चखाए ।

जितसँगै बर्नमाउथ ३५ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ । बर्नमाउथ रेलिगेसन जोनमै छ । पराजित लेस्टरले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । लेस्टरको ३५ खेलबाट ५९ अंक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*