उपाधि होडमा रियल मड्रिड थप बलियो, बार्सिलोनासँग कायम गर्यो चार अंकको अग्रता

जनपत्र
१९ असार २०७७, शुक्रबार ०६:०४

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा आफूलाई थप बलियो बनाउँदै लगेको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा गेटाफेमाथि अति संघर्षपूण खेलमा जित निकाल्दै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १ ० ले पराजित गरेको हो । रियलको जितमा ७९ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ ।

अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियल मड्रिडले सन् २०१२ पछि दोस्रोपटक उपाधि जित्ने छ ।लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा ओसासुनाले एइबरलाई २(० तथा रियल सोसिडाडले स्पानियोललाई २-१ ले पराजित गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*