मेसीले गरे क्यारियरको ७ सयौं गोल, अरु कुन कुन खेलाडीले गरेका छन् ?

जनपत्र
१७ असार २०७७, बुधबार ०६:४५

बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पुरा गरेका छन् । गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सय गोल गरेका हुन् ।गत जुन २४ मा आफ्नो जन्मदिन मनाएका मेसीले क्यारियरको ७ सयौं गोल पुरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् ।

मेसी बार्सिलोनाका लागि अल टाइम उच्च गोलकर्ता हुन् । योसँगै मेसी केहि सिमित खेलाडीले गरेको ७ सय गोलको क्लबमा प्रवेश गरेका छन् । क्यारियरमा सधै तुलना हुने क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म ७२८ गोल गरेका छन् । जसमा रोनाल्डोले एक हाजर ७ खेल खेलेका छन् । तर मेसीले भने केवल ८६० खेलमा आफ्नो ७ सय गोल पुरा गरेका छन् ।

आफ्नो क्यारियरमा सर्बाधिक गोल गर्ने किर्तिमान भने चेक(अस्ट्रियन आइडल जोसेफ बिकानको नाममा रहेको छ । उनले आफ्नो क्यारियरमा कुल ८०५ गोल गरेका छन् । त्यस्तै ब्राजिलका रोमारियोले ७७२ क्यारियर गोल गरेका छन् भने महान खेलाडी पेलेले ७६७, हंगेरीका लिजेण्ड फेरेन्क पुसकसले ७४६ गोल गरेका छन् । त्यस्तै जर्मनीका जेर्ड मुलरले ७३५ गोल गरेका छन् भने त्यसपछि क्रिस्टियानो रोनाल्डोले ७२८ गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*