आर्सनल एफए कपको फुटबलको सेमिफाइनलमा
आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
यसअघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।






