महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएको छ। ब्राजिल र जापानले छोडेपछि कोलम्बिया कि अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रतियोगिता गर्ने भन्ने मतदान भएको थियो।
मतदानमा कोलम्बियाको पक्षमा ३५ मध्ये १३ मात्रै परेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिता गर्न पाएका हुन्। प्रतियोगिता जुलाई–अगष्ट २०२३ मा हुनेछ। प्रतियोगिता अष्ट्रेलियाको आठ र न्यूजिल्याण्डको पाँच स्टेडियममा हुनेछन्। यस पटकबाट भने विश्वकपमा ३२ टीम बीच प्रतिश्पर्धा हुने भएको छ। गएको वर्ष फ्रान्समा भएको प्रतियोगितामा २४ टीम थिए।