रियल मड्रिडको प्रभावशाली जित, बार्सिलोनामाथि दबाब
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिड विजयी भएको छ।अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–१ ले पराजित गरेर शीर्षस्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।
रियल मड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको टिमका लागि चौथो मिनेटमा टोनी क्रसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।३० औँ मिनेटमा सर्जियो रामोस तथा ३७ औँ मिनेटमा मार्सेलोले गोल गरेका हुन् । एइबरका लागि ६० औँ मिनेटमा बिगासले एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ५९ अंक भएको छ । अर्थात रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहेको छ । रियल मड्रिडले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल तीन महिनापछि सुरु हुँदाको पहिलो खेलमा जित निकालेको हो ।