सीपीएल अगष्टदेखि सुरू हुने, खेलाडीको तलब ३० प्रतिशतसम्म कटौती
क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ को यस सिजन पूरै ट्रिनिडाड एन्ड टोबागोमा गरिने भएको छ । सीपीएलको आयोजकले अगष्ट १८ देखि १० सम्म लिग आयोजना गर्ने तयारी गरिरहेको ईएसपीएनक्रिकइन्फोले जनाएको छ । लिगका लागि सरकारको अनुमति लिनुपर्नेछ ।
सीपीएलका अपरेसन म्यानेजर माइकल हलले स्टेकहोल्डरहरुलाई सम्बोधन गर्दै सीपीएल हुन्छ भने ट्रिनिडाड एण्ड टोबागोमै हुने लेखेका छन् । उनले क्यारेबियन क्षेत्रमा यही राष्ट्र कोरोना भाइरस महामारी रोक्न सबैभन्दा सफल राष्ट्र भएको भन्दै उनले त्यसो भनेका हुन् । उनले त्यहाँ अप्रिल ३० यता १ मात्र केस देखिएको र अहिलेसम्म जम्मा ११७ केस मात्र देखिएको जनाएका छन् ।






