च्याम्पियन्स लिगका बाँकी खेलहरु हाेस्ट गर्न लिस्बन तयार
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ । लिस्बनले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो । आउँदो अगस्तमा खेल गर्नका लागि तयार रहेको लिस्बनले बताएको हो ।
सामान्य अवस्थामा मे ३० मा स्थानबुलमा यो सिजनको च्याम्पियन्स लिग फुटबलको फाइनल हुने तय थियो । तर महामारीका कारण खेल रोकिएपछि त्यो सम्भाव भएन । युइएफएले अब बाँकी खेलहरु सुरु भएको अवस्थामा स्थानबुलको विकल्प खोजेको छ । यस्तै युरोपा लिगको फाइनल सामान्य अवस्थामा पोल्याण्डको ग्डान्स्कमा हुने तय थियो तर अब जर्मनीमा हुन सक्ने भएको ।
युइएफएको कार्यकारी समितिले जुन १७ मा यसबारे निर्णय गर्ने छ । च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरु गर्नका लागि क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनल खेल एकै ठाउँमा गर्ने विकल्पटमा छलफल भइरहेको छ । लिस्बनले त्यसका लागि आफू तयार रहेको बताएको हो । च्याम्पियन्स लिगको फाइनल आउँदो अगस्ट २३ तथा युरोपका लिगको फाइनल अगस्ट २१ मा गर्ने गरी तयारी भइरहेको छ । पोर्चुगिज प्रिमियरा लिग क्लब लिस्बनसँग दुईवटा रंगशाला छन् । प्रिमियरा लिग जुन ३ देखि पुनः सुरु भएको छ ।






