प्रिमियर लिगका केही खेल कटौती गर्ने बारे क्लबहरुबिच गम्भीर छलफल हुँदै

कोरोना भाइरसको संक्रमणका कारण रोकिएको इंग्लिस प्रिमियर लिगका बाँकी खेलहरु जुन १७ देखि सुरु हुँदैछन्, तर लिगका क्लबहरुले यो सिजनका केही खेल कटौती गर्ने सक्ने विकल्पमा छलफल सुरु गरेका छन् ।
लामो समय लिग रोकिएको र बाँकी रहेका सबै ९२ खेल पूरा गर्ने अवस्था नरहेकाले लिगका क्लबहरु केही खेल कटौती गरी चाँडो सिजन टुंग्याउन सकिने विकल्पबारे छलफलका लागि तयार भएका हुन् । लिगका २० क्लबको बैठक आज बिहीबार हुँदैछ, जसमा केही खेल कटौती गरी लिग टुंग्याउनेबारे गम्भीर छलफल हुने जनाइएको छ ।
लिगका पूरै खेल पूरा भएको अवस्था अंक तालिकाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल केन्द्रित हुनेछ । खेल कटौती भए पनि रेलिगेशन अर्थात क्लबको घटुवा भने रोकिने छैन ।