हेटौंडाकी महिलामा कोरोनाः नमुना दिएर आइसोलेसनमा हैन, घरमै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कोरोना जाँचका लागि नमुना दिएर हेटौ.डाको कर्रामा रहेको आइसोलेसनमा वस्नुको सट्टा घरमानै वस्दै आउनुभएको थियो ।
उहाँको यही जेठ नौ गते हेटौंडाको कर्रामा रहेको आइसोलेनबाट खकारको नमुना जाँचका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको थियो । कोरोना जाँचको लागि पठाइएको पाँच दिनपछी वल्ल रिपोर्ट प्राप्त भएको हो । पाँच दिन सम्म घरमै वस्दा कोको संग सम्पर्क भएको भन्ने खुलेको छैन ।
नमुना जाँचका लागि दिएको रिपोर्ट पाँच दिनमा वल्ल प्राप्त भएको र कोरोना पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनिुभयो । हेटौंडामा कोरोना जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडामानै घर र यही वसोवास गर्ने महिलामा कोरोना संक्रमण पुष्टी भएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो । कोरोना संक्रमण रहेको महिला गर्भवती रहेको श्रोतले जनाएको छ । हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो ।