कोरोनाको महामारीबाट सृजित असहज परिस्थितिलाई यसरी सहजरुपमा जीत्न सकिन्छ

डा. यमुना कंडेल
९ जेष्ठ २०७७, शुक्रबार ०९:३७

बुद्ध दर्शनको सत्य मार्गको पथबाट जीवन सार्थक बनाउने आठ महान मार्ग जसलाई आर्य अशटांगिक मार्ग या अष्टांग मार्ग मात्रै पनि भनिन्छ ती मध्येको “सही जीवनयापन एक हो अष्टांग मार्गले सफलता मात्र दिदैन, शान्ति र सुख पनि दिन्छ्र यसले जीवनको बुझाइलाई गहिर्याउदछ । सत्य सम्मै यात्रा गर्न चाहनेको लागि सत्यसम्मै पुर्याउदछ ।

यसलाई हामीले कसरी र कुन बेलामा उपयोगमा ल्याउने भन्ने कुरामा बहस गर्न यस लेखमा खोजिएको होइन । तर अहिलेको कोभिड १९ विश्व महामारीमा जीवन जगत नै हतासिएको अवस्थामा बुद्धको यस महानबाणी जीवन उपयोगी छ भन्ने लेखकलाई लागेको हो । हामी यसलाई कसरी विकास गर्न सक्दछौं ? हाम्रो वरिपरी भईरहेका परिवर्तन, प्रकृतिमा आईरहेको परिवर्तन र दवाबलाई कसरि झेल्न सकिन्छ र त्यसले ल्याएको आर्थिक विषमता कसरी हामीहरु जस्तो अल्पविकसित देशका नागरिकले झेल्नका लागि सही जीवनयापन के हो र कसरी गर्न सकिन्छ भन्ने कुरा परिभाषित गर्ने जमर्को गरेको छु ।

नेपालका विभिन्न शासन कालहरु मध्ये लिच्छवी शासकहरूले बौद्ध धर्म र गौतम बुद्धको नीतिको विकासमा प्रमुख भूमिका खेलेका थिए। यसै शासन काललाई नै नेपालकै इतिहासमा स्वर्णीम युग भनेर मानिन्छ। लिच्छवी शासकहरूको सहयोगी मनोवृत्तिको कारणले नेपालमा बौद्ध धर्मको समग्र विकासको आधार प्रदान गरेका थिए । सो अबधिमा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, सामरिक र मौद्रिक नीतिमा उलेख्य प्रगति भएको मानिन्छ ।

संघम शरणम् गच्छामी गौतम बुद्धको दिब्य शिक्षा मध्यको एक हो। नेपाली भाषामा संघ भन्नाले समुदायलाई बुझाउदछ्र । संघमा आबद्धता भएका समुदायहरु आत्म शुद्धता राखी आफ्ना इन्द्रियहरुको नराम्रो प्रलोभनमा पर्न नसक्ने गरी संघको नियम र नीति अनुसार जीवन जिउने कलालाई भन्न सकिन्छ ।

जीवनलाई अर्थपूर्ण बनाउन हामीले असल मानिस र उनीहरुको दर्शनलाई पछ्याउन सक्नु पर्छ। जसले जीवनको वास्तविक अर्थ र समाजप्रति गर्नुपर्ने दायित्त्वलाई पुरा गर्न जान्दछन् । उनीहरुको जीवन नै सार्थक भएको मानिन्छ्र वर्तमान परिप्रेक्षमा व्यक्तिगत कल्याणलाई नकार्दै समाज कल्याण र सामुदायिक विकासको साझा भावना भएका व्यक्तिहरू नै असल मानिसहरू हुन । यस्तै भावनाले “बहुजन सुखाया बहुजन हिताय” भन्ने हिन्दू धर्मले पाँच आधारभूत परम्परागत दार्शनिक अवधारणा अनुसरण गरि मानव समाजलाई धेरैको कल्याण, धेरैको खुशीको अवधारणा लाई शिरोधार्य गरी जीवन जिउने आज्ञा दिइएको छ्र कौटिल्य अर्थशास्त्रमा पनि “राज्य जहिलेपनि प्रजाको सुखमा निर्देशित हुनु पर्दछ” भनि उल्लेख गरिएको छ । जनतामा खुशी ल्याउन सक्नु नै शासकको सफलताको मापन हुने कुरालाई जोड दिइएको छ ।

बुद्ध दर्शनमा अत्यधिक बिलासिता जीवन र त्यसका लागि गरिने कार्य मानव कल्याण र समृद्धि प्राप्त गर्न को नकारात्मक हुन्छन् । जीवनको विकास र प्रगतिको लागि मध्यम खालको जीवनयापन अपनाउनु आवश्यक पर्छ । जसले गर्दा दिगो जीवनयापन गर्न सकिन्छ र त्यसले मानवलाई तनावपूर्ण अवस्था बाट मुक्त गर्दै पारिवारिक सुख र समाज कल्याण गर्ने पथमा लाग्न उत्प्रेरित गर्दछ ।

अहिले समाजमा देखिइराखेको मानवीय तनाब, खराब आचरण र त्यसले निम्त्याएका सामाजिक आतंकको मूल जड भनेको अत्याधिक सुखसयल र छिटो छिटो धन जम्मा पार्दै सामाजका अन्य मानिस भन्दा आफु छुट्टै पहिचान बनाउने होडले नै निम्त्याएको खराब संकृतिको कारण हो भन्नेमा दुईमत नहोला । आजको बजार अर्थतन्त्रमा जतिपनि बिकास र समृद्धि भनी ब्याख्या गरिएको छ त्यसको प्रभावले विश्व मानवमा संकट पैदा गरेको छ ।

अत्यधिक मात्रामा प्राकृतिक स्रोतको दोहन र अत्याधिक उत्पादनले मानव समाजलाई कठपुतली बनाईएको छ्र मानव समाज आज पलासको फुल जस्तो बन्न पुगेको छ्र सौन्दर्य जस्तो त देखिएको छ तर सुवास छैन । त्यस्तै मानव समाज बिकसित जस्तो त देखिएको छ तर भित्र भित्रै जकडिएको छ जसका कारण दैनिक हत्या, हिंसा, आतंक र समाज विखण्डन तिर गई आफ्नोले आफ्नैलाई सिध्याउन अग्रसर भई राखेको छ ।

बर्तमान परिस्थितिमा बौद्ध बिचारको महत्व

संसार अहिले कोबिड १९ कोरोना महामारी संग जुधिरहेको अवस्था छ्र । नेपाल पनि यस बाट अछुतो छैन । अहिले विश्वका २१३ देशहरुमा कोरोनाले आक्रान्त पारेको छ । जसबाट करिब ५० लाख मानिसहरु संक्रमित भई सकेका छन् । अहिले सम्म ३ लाख २० हजार जना भन्दा बढी मानिसले ज्यान गुमाइसकेको अवस्था छ ।

नेपालमा पनि हालसालै तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमै पनि कोरोनाको सङ्क्रमण भएका बिरामीहरु द्रुतगतिमा बढिरहेका छन् । जसका कारण अहिले सम्म ३ जनाले ज्यान गुमाई सकेको अवस्था रहेको छ । यसको संख्या नबढे हुन्थ्यो भनी प्रार्थना गरिएको छ तर स्थिति अझै कष्टकर हुने संकेत देखिन्छ।

आर्थिकरुपले सम्पन्न राष्ट्रहरु जस्तो अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, जस्ता देशहरुको आर्थिक बृद्धि दर ऋणात्मक अनुमान गरिएको छ । यसको प्रभावले ती देशहरुको स्वास्थ्य क्षेत्र र आर्थिक क्षेत्रमा कस्तो असर ल्याउनेछ भन्न अहिले नै भन्न गाह्रो छ । तर अन्तरराष्ट्रिय मुद्रा कोषको अनुमानमा ३ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमान गरे अनुसार नेपालको आर्थिक वृद्धि दर २ दशमलव ५ प्रतिशतमा खुम्चने अनुमान गरेको छ । यसका कारण नेपाल सरकारले कोरोना माहामारी भन्दा पहिला बिक्रम सम्वत २०७७। ७८ मा ८दशमलव १ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखिएको थियो । तर यस माहामारीले सो लक्ष्य खुम्च्याएर अहिले २ दशमलव ५ प्रतिशत हुनसक्ने भनिएको छ ।

नेपालको मुख्य आर्थिक क्षेत्र कृषि हो, यसमा युवालाई आकर्षित गराउँ

नेपालको प्रमुख आर्थिक क्षेत्र भनेको कृषि नै हो । तर कृषि क्षेत्रमा सरकारी लगानी न्युन हुनुका कारणले कृषि क्षेत्रमा बिकास हुनुपर्ने कृषि पूर्वाधारहरुको बिकास नहुँदा युवा बर्गलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिएको छैन । जबसम्म युवा बर्गलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिदैन तवसम्म आत्मनिर्भरताको कल्पना टाढा देखिन्छ । अहिलेसम्म कृषिलाई मात्र जीविकोपार्जनको दृष्टिबाट मात्र हेर्ने काम गरिनाले गर्दा उत्पादकत्व बढ्न सकेन । जसका कारण युवा बर्गले कृषिमा भविष्य नदेखेको हो ।

त्यसकारण युवाबर्गले नगद आयका लागि बैदेशिक रोजगारलाई अगाल्नुको अर्को बिकल्प थिएन । बिगतका सरकारी नीति पनि बैदेशिक रोजगारको लागि उत्प्रेरणा गर्ने खालका थियो्रअहिलेको यस माहमारीले बैदेशिक रोजगारीको अल्पता र यस बाट उब्जिएको बिकराल परिस्थिति र भविष्यमा ल्याउने नकारात्मक परिस्थितिलाई कसरि सामना गर्न सकिन्छ भन्ने कुरा नै महत्वपूर्ण छ । त्यसकारण हाम्रो तीन तहका सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दिर्घकालीन योजना बनाउनु पर्दछ ।

सर्बप्रथम सम्पूर्ण इच्छुक किसानलाई जेटिए तालिम दिनु जरुरि देखिन्छ । कृषिको आधुनिकरण गर्नका लागि कृषि बिज्ञानको सामान्य जानकारीका साथ कृषि कर्म गर्न सकिएको खण्डमा उत्पादकत्वमा वृद्धि हुनुका साथै अर्गानिक खेती प्रणालीको बिकास र रैथाने बालीको विकास गर्नुका साथै रैथाने बिउहरुको संरक्षण गर्न सकिन्छ । जसकाकारण बीउको परनिर्भरता घटाई आत्मनिर्भरताको बिकास गर्न सकिन्छ । हामीले कृषिको उत्पादन वृद्धि गर्ने नाउमा अनुदानको व्यवस्था गरियो । जुन त्यति उपलब्धिमुलक हुन सकेन तर त्यसभन्दा न्युन ब्याजदरमा कृषि ऋणहरुको व्यवस्था र भूमिहीन किसानलाई भूमि बैंक मार्फत भूमिको व्यवस्था गरि कृषि जमिनलाई लिज सिस्टमलाई बढावा दिनुपर्ने आवश्यक देखिन्छ ।

कृषि सहकारी मार्फत कृषि बिउ, मल र बजार व्यवस्था र सहकारी मार्फत खरिद गरिदिने व्यवस्था गरि करार कृषि प्रणालीलाई उत्प्रेरित गर्नु जरुरि छ्र । कृषि कार्यको लागि बिज्ञको टोली बनाई कुन क्षेत्रमा कस्तो बाली लगाउने भन्ने कुराको अनुसन्धानलाई बढवा दिन सकिएको खण्डमा नेपाल भित्रै ठुलो बजारको व्यवस्था गर्न सकिन्छ । जस्तो उत्पादित कृषि उपजलाई तिनै कृषकहरुको संलग्न सहकारी मार्फत खरिद गरी बेचबिखनको व्यवस्था मिलाउन सकिएको खण्डमा हिमाली उत्पादनलाई पहाड र तराईमा बेच्न सकिन्छ्र पहाडको कृषिउपज हिमाल र तराईमा बेच्ने र तराईको कृषि उपज हिमाल र पहाडमा बेच्ने हो भने देश आत्मनिर्भर हुन गई फराकिलो बजारको व्यवस्था गर्न सकिन्छ ।

कोरोना माहामारीको कारण लाखौको संख्यामा युवाहरु मातृभूमि फर्कन सक्ने आंकलन गरिएको छ्र जसलाई रोजगारीको व्यवस्था गर्न कृषिक्षेत्र उपयोग गरिनु जरुरि छ्र । त्यसकारण माथि उल्लेखित योजनालाई कार्यान्वयन गर्नु ढ़िलाई गर्नु हुँदैन ।
बागमती प्रदेशले सामुदायिक खेति प्रणालीको शुरुवात गरेको छ्र । आर्थिक वर्ष २०७६ । ७७ मा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वार्ड नं ८ र चितवनको माडी नगरपालिकाको वार्ड नं ७ मा समुदायको जग्गालाई सहकारी मार्फत जग्गावाला र त्यस वरपर बस्ने सम्पूर्ण समुदायहरु सहकारीको सदस्य रहने गरि सामुदायिक खेतीको सुरुवात गरिएको छ ।

जुन अहिलेको कोरोना संक्रमणबाट उब्जने बैदेशिक रोजगारी बाट फर्की हुनजाने युवा बेरोजगारीको समस्यालाई समाधान गर्न एउटा मोडेल हुनसक्दछ्र । कोरोनाको महामारीले निम्त्याउने खाध्य संकटलाई समाधान गर्न बागमती प्रदेश सरकारले बाझो जग्गा लाई खेतिगर्न जग्गाधनी लाई उत्प्रेरित गर्ने र जग्गाधनी बाट खेति गर्न नसक्ने अवस्थामा जग्गा लाई लिजमा लिई भूमिहीन किसानलाई खेतिगर्न अनुदान उपलब्ध गराउने निर्णयले भविष्यको आशा देखाउने काम हुनगएको छ ।

भगवान गौतम बुद्धको दिब्य उपदेशको “सही जीवनयापन” ले आत्मनिर्भरता लाई जोड दिएको छ्र आठ दिव्यमार्ग मध्येको सबैमा करुणाभाव, सहआदरता,समभाव, समानता, सहकार्य, सह अस्तित्व लाई जोड दिइएको छ । संघम शरणम् गच्छामी गौतम बुद्धको सर्वोच्च शिक्षा मध्यको एक हो। संघ भनेको समाज लाई जोड दिएको छ । समुदायमा आश्रित मानिस अथवा परिवारको आत्मा –शुद्धता चाहिन्छ्र । आत्मालाई गलत ढंगबाट प्रलोभन पार्ने इन्द्रियलाई बलियो संग काबुमा राख्नु पर्ने हुन्छ्र जीवनलाई अर्थपूर्ण बनाउन असल मानिसहरूको संगत र तिनीहरुबीचको ऐक्यबद्धताले नै जीवन सार्थक बनाउन सकिन्छ ।

मानिसहरु जसले जीवनको वास्तविक अर्थ जान्दछन् । उनीहरुनै असल मानिसहरु हुन् । अहिलेको वर्तमान परिप्रेक्षमा हामी समाजकल्याण र आफुलाई भन्दा अरुको भलो र करुणा गर्ने सामुदायिक विकासको साझा भावना लिएका व्यक्ति व्यक्ति बिचको सम्बन्ध नै “सहि जीवनयापन” गर्ने लक्ष्यमा पुग्न सकिन्छ । भगवान बुद्धले समुदायको संबन्धलाई किन जोड दिनुभएको छ भने समुदायको हितले नै समग्र व्यक्ति परिवारको खुशी, समृद्धि ल्याउन सकिन्छ्र समुदायको हितका लागि अहिलेको बर्तमान परिपेक्ष्यमा सहकारीताले नै हाम्रो त्यो लक्ष्यलाई प्राप्त गर्न सकिन्छ । कुनै पनि निजी कम्पनिले त्यसबेला मात्रै आफ्नो प्रतिष्पर्धी कम्पनिसंग खरो प्रतिष्पर्धामा उत्रिन सक्दछ जब त्यस कम्पनीका सम्पूर्ण व्यवस्थापक र कामदारहरु एकमन र सहभाव लिएर कार्य गर्दछन् । त्यसबेला आफ्नो व्यक्तिगत हित र प्रतिष्ठा भन्दा कम्पनीको हित, प्रतिष्ठा र सफलतामा नै आफ्नो हित जोडिएको कुरालाई सर्बोपरी मानिन्छ । माथि उल्लेख गरिए झैँ “बहुजन हिताय बहुजन सुखाया” नै यस कार्य संग जोडिएको छ । त्यसकारण नेपालको संविधानले आर्थिक खम्बाको रुपमा निजि, सरकारी र सहकारी लाई मानेको छ्र । भगवान बुद्धले व्यक्ति धनी हुने प्रतिस्पर्धालाई भन्दा समुदायको समग्र हित हुने कुरामा समग्र समुदायका सदस्यको एकाग्र चित्तलाई जोड दिनुले पनि समुदायको महत्वलाई पुष्टि गर्दछ ।

बौदिष्ट मुलुकहरु भूटान, बर्मा, थाइल्याण्डले राज्यको आर्थिक नीतिको रुपमा “ग्लोबल हप्पीनेस इन्डेक्स” को अवधारणा लाई लागु गरेको छ । जुन अहिले विश्वबैंक, संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाले यस आर्थिक नीतिलाई महत्व दिदै अध्यन अनुसन्धानलाई बढावा दिएको छ । हामीले पनि त्यस्ता नीतिहरुको अध्ययन गर्नु जरुरी देखिन्छ्र बौद्ध शिक्षाको अहिंसाको पाठले पनि समुदायको हितलाई उत्प्रेरित गर्दछ ।

(जनपत्रका लेखक कंडेल बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*