प्रिमियर लिगका ६ खेलाडीमा कोरोना संक्रमण

जनपत्र
७ जेष्ठ २०७७, बुधबार ०७:४५

इंग्लिस प्रिमियर लिग खेल्ने ६ खेलाडीलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । प्रिमियर लिगले प्रशिक्षणमा फर्कनु अघि गरिएको पहिलो चरणको परिक्षणमा ३ क्लबका ६ जनाको कोरोना पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ ।

प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नुअघि आइतबार र सोमबार खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनाको परिक्षण गरेको थियो । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ आइसोलेसनमा बस्नेछन् । उनीहरुको नाम समेत सार्वजनिक गरिएको छैन ।

प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित छ । प्रिमियर लिग मध्य जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । ७४८ मध्ये ६ जनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि प्रिमियर लिग सुचारु हुने संकेत देखिएको छ ।

प्रिमियर लिगमा यो सिजन ९२ खेल खेल्न बाँकी छ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधि नजिक रहेको छ । लिभरपुल उपाधि जित्नका लागि मात्रै दुई जितको खाँचो छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*