पाँच वर्ष अघि भुकम्पले घर भत्किएर बाहिर निस्किएका केही परिवार लकडाउनमा पनि नयाँ घरमा बस्न पाएनन्
अहिले सबैको एउटै त्रास छ । कोरोना भाइरसबाट कसरी वच्ने । कोरोना भाइरस रोगबाट बच्ने एक मात्र उपाय घरभित्र वस्नु भनेर सरकारले बितेको चैत ११ गतेबाट लकडाउन गरेको छ । घर भएका धेरै नागरिक अहिले आनन्दले घरभित्र बसी रहेका छन् । घर आउन काठमाण्डौबाट नपाएकाहरुको पीडा पनि तीनै तहका सरकार, सांसद, नागरिक, आम सञ्चार माध्यमले निरन्तर उठाइरहेका छन् । तर, लकडाउनमा पनि नयाँ घरभित्र वस्न नपाएकाहरुको पीडा कसैले पनि वुझेको छैन । लकडाउनका कारण शहरमा खान नपाएकाहरुको पीडा र घर जान नपाएकाहरु भन्दा झनै कहाली लाग्दो पीडा २०७२ साल बैशाख १२ गते भुकम्पका कारण अझै पनि घर निर्माणको काम नसकिएर पुराना घर, गोठ, छाप्रामा हुनेको पीडा झनै दर्दनाक छ । धेरै भुकम्प पीडितका घरहरु वन्दै पनि छन् ।
तीनै तहका सरकारका प्रतिनिधि कोरोना भाइरस (कोभिड १९) बाट वच्नका लागि घरभित्र वस्नुपर्छ भनिरहेका छन् । तर, भुकम्पले पाँच वर्ष अगाडि घर ढलेपछी बाहिर निस्कीएकाहरु लकडाउनमा पनि आनन्दले घरभित्र वस्न पाएनन् । भुकम्पले ढलेका घरहरु मध्य मकवानपुरमा भुकम्प पीडितले घर निर्माण गर्नका लागि २५ हजार ५ सय १७ जनाले पहिलो किस्ता लिएका छन् । २१ हजार २ सय ३३ जनाले दोश्रो किस्ता लिएका छन् । त्यसैगरी १६ हजार ७ सय ९६ जनाले तेश्रो किस्ता लिएर घर निर्माण गरेका छन् । भुकम्प पीडितका घर निर्माण गर्न अझै पनि धेरैको बाँकी छ । धेरै भुकम्प पीडितको कोहीले छाना छाउन बाँकी छ त कोहीले घर निर्माणको काम आधा सकेका छन् । कोहीले अहिले सम्म पनि घर निर्माणको काम सुरु गर्नै पाएका छैनन् ।
घरभित्र बस्न नपाउनेको पीडा पनि संबोधन लाई संबोधन गर्दै पुन निर्माण प्राधिकरण
भुकम्प जाँदा घर बाहिर वस्नुपर्ने नियती सवैले भोग्नुपर्यो । घरभित्र पस्ने वित्तिकै त्यती बेला धेरै त्रास हुन्थ्यो । बालबालिका, बृद्धबृद्धा, सुत्केरी, युवा, महिला सवैजना भुकम्पका बेलामा घरबाहिर निस्कीएपछी मात्र सुरक्षाको महसुस गर्थे । सबैले त्यतीबेला देखि साना र एक तले वा दुइतले मात्र घर निर्माण गर्न थाले । भुकम्पले घर भत्कीएकाहरु अहिले पनि धेरै परिवार पुराना घर, छाप्रा, गोठमा वस्न बाध्य छन् । अहिले पनि घरभित्र बस्न नपाएकाहरुलाई कुनै न कुनै रुपमा सरकारले सम्बोधन गरिरहेको छ । भुकम्पले ढलेका धेरै घर निर्माण गरिसकेपनि केही घर निर्माणको चरणमै छन् । सरकारले कुनैन कुनै रुपमा सहयोग गर्न नसकेमा भुकम्प पीडतका घर निर्माण गर्ने कार्यबिधि अलि खुकुलो वनाएमा धेरैले चाँडै घर निर्माण गर्न सक्नेछन् । पीडितका समस्याहरुलाई राष्ट्रिय पुन निर्माण प्राधिकरणले संबोधन गर्दै लगेको छ ।
लकडाउनमा भुकम्प पीडितका घर निर्माण रोकिए
एक महिना देखिको लकडाउनका कारण भुकम्प पीडितका घर निर्माणको काम पनि रोकिएको छ । मकवानपुरमा पनि लकडाउनको प्रभाव परेको छ । लकडाउनकै कारण हाल सबै प्राविधिकहरुपनि घरभित्रै बस्नु परेको छ । प्राविधिकहरु घरभित्रै बस्नु परेको अवस्थामा धेरै लाभग्राहीहरुले घर राम्रो संग नबनिसकेकोले कठिनाई भोग्नु गरेको छ । लाभग्राहीहरुसंग प्राविधिकले नियमित अनुगमन गनै पर्ने हुँदा हालको समयमा लाभग्राही धेरै समस्यामा छन् । उनिहरु आफै घर बनाउन पनि सक्दैनन् । यदि उनिहरुले आफ्नो मनखुसि घर बनाउदा सरकारको मापदण्ड अनुसार नपर्ने हुँदा घर भत्काई पुनर्निमार्ण गर्नुपर्ने हुँनाले जस्ताको तस्तै अवस्था छोडेर कतिपय आदि बन्दा बन्दै गरेका घरहरु हेरेर बस्नु परेको अबस्था रहेको छ ।
लामो समयम सम्म यो लकडाउन भईरहदा लाभग्राहीहरुले कसरी गर्छन त लकडाउनको सदुपयोग ?
लकडाउनको असर विश्वका धेरै राष्ट्रमै परिरहेकोले भुकम्प पिडितलाई त नपर्ने कुरै भएन । अब यो बनिरहेका घरहरु प्राविधिकको सहयोगमा मापदण्ड अनुसार बनाउन नपाए पनि स्थानीय स्थरमा प्रयोग हुँने सामाग्रीहरु, ढुङ्गा, माटो, बालुवा, गिट्टि, काठका सामानहरु झ्याल, ढोका काचौकोसहरु यो समयमा प्राविधिकको सहयोग विना नै तयार गर्न सकिन्छ ।
हाल २ महिना अधि स्थानीय तहकै प्राविधिक (डकर्मी, सामाजिक परिचालक) हरु परिचालन गरिएकोले उहाँहरु आउन खासै समस्या नहुने भएको हुँदा उहाँहरुले भने बमोजिम पनि गर्न सकिने हुँदा त्यस्तो कामै रोक्नु पर्ने बाध्यता केहि कम हुन गएको छ । गाउँका किसानले खेतिपातीका काम गरेका छन् । काम गर्ने मजदुर पनि गाउँघरमा प्रसस्त पाइन्छ । आफ्ना वडामा खटिएका प्राविधिकको सल्लाहमा गाउँमा किसानले काम गरेजसरीनै पुन निर्माणको कामलाई पन िअगाडी वढाउन सकिन्छ ।
नेपालमा यस्तो छ पुनःनिर्माणको अवस्था
नेपालमा अहिलेसम्म निजी आवास पुनर्निर्माणको काममा ८८ प्रतिशत प्रगति भएको छ । हालसम्म ६३ प्रतिशत अर्थात चार लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको छ भने २५ प्रतिशत अर्थात एक लाख ९० हजार १४५ निजी आवास पुननिर्माणको चरणमा रहेको छ । यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात पाँच लाख ६१ हजार ६५० रहेको छ । निजी आवस पुननिर्माणका लागि सात लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।
यस्तै भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५०३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ । एक हजार ४९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९२० वटा सम्पदा मध्ये ४०२ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यसबाहेक १४१ सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा क्षेत्रभित्र रहेका १७० वटा सम्पदामध्ये १०१ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुनर्निर्माणको क्रममा छन् ।
यसबाहेक एक हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १४५ वटा पुनर्निर्माणको क्रममा छन् । स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४१५ सरकारी भवन मध्ये ३४९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् ।
सुरक्षा निकायका १९४ संरचनाको पुनर्निर्माण सम्पन्न भएको र २२ वटा पुनर्निर्माणको क्रममा चरणमा रहेको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार २०४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा आवास पुनर्निर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ । यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
२७ वटाको डीपीआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुनर्निर्माण हुँदै छन् । प्राधिकरणले अहिले सम्म तीन खर्ब ८१ अर्ब रुपैयाँ खर्च गरेकोे छ । पुनर्निर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट तीन खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।






