कोरोनाले नेपालमा परेको असर र भविष्यमा अपनाउनु पर्ने कदमहरु
पृष्ठभूमि
सन् २०१९, डिसेम्बरको अन्तिम सप्ताहमा चीनको वुहान शहरमा नयाँ प्रकारको भाईरस देखापर्यो। जुन चीनको जंगली जनावर, पशुपंक्षी, र रेपटाइलको चोरीनिकासी गर्ने, मासु बेच्ने बजारबाट यो रोग फैलिएको भन्ने कुराहरु अन्तरराष्ट्रिय संचार माध्यमबाट सुन्नमा आयो्र जसलाई शक्ति राष्ट्रहरुले चाइना भाइरस भनी खिसिटुरी काम पनि गरे्र त्यसबखत चीनले पनि यस रोगको प्रकोपको वारेमा सूचना र यसको बारेमा संचार माध्यमलाई सूचना दिने डाक्टर Li Wenliang लाई पुलिसले गलत टिप्पणी गर्न रोक्नू र अफवाह नफैलाउनू भन्यो र पुलिस कारवाहीको अनुसन्धान गरियो।
शुरु शुरुमा त चीन त्यति धेरै चिन्तित देखिएन्र जब तिनै डाक्टर कोरोना बिरामीको सेवा गर्दागर्दै कोरोना रोगका कारण मृत्युबरण गरेको समाचार बाहिरिए पछि कोरोनाको बिषयमा चीन सजक र चिन्तित बन्यो्र उसले वुहान शहरको जनताको कोरोनाको द्रुत परिक्षणको गर्न लगायो । हजारौको संख्यामा कोरोनाको पोजिटिभ बिरामीहरु देखिन थाले । जसका कारण वुहान शहरको हस्पिटलले नपुगेर स्टेडियमलाई अस्थाई कोरोना हस्पिटलमा बदलेर बिरामीको उपचार गर्न थालियो । सम्पूर्ण शहरलाई लकडाउन गरियो ।
यसबेला पश्चिमा संचार माध्यमले मानब अधिकार हनन् भएको भन्ने समाचार सम्प्रेषण गरियो। ्चीनले केन्द्रीय सरकार, मिडिया, स्थानीय सरकार, जनता सबै एकजुट भई समयमा नै हाल देखिएको मृत्युबरण गरेको संख्यामा निकै कम क्षतिमा नै स्थितिलाई नियन्त्रणमा लिन सक्यो भन्नु पर्दछ अहिलेको अवस्थामा कोरोनाको संक्रमण उच्चतम स्थितिमा नेपाल सरकारले पनि आफ्ना नागरिकलाई नेपाल एयरको जहाज पठाएर उद्धार गर्नु पर्यो । अहिले पछिल्लो समयमा हेर्दा चीनबाट शुरु भएको कोरोना विश्व महामारी अन्य देशको तुलनामा संक्रमित र मृत्यु हुनेको संख्या कम नै भन्नु पर्दछ । हुबे प्रान्तको संक्रमितको संख्या ६७,८०३ जना मृत्यु हुनेको संख्या ३,२१२ जना थिए । पुरै चीनको संक्रमितको संख्या ८२,२९५ जना र मृत्यु हुनेको संख्या ३,३४२ जना थिए, जसलाई चीनको जना संख्याको हिसाबबाट न्युन नै मान्नुपर्ने हुन्छ ।
विश्वमा कोरोनको संक्रमण
विश्व अहिले कोरोनाको महामारीको चपेटामा नराम्रो संग फसेको छ । विश्वको २१० राष्ट्रमा संक्रमितहरु देखा परेका छन् । संख्यामा स्थिति विश्वव्यापीरुपमा २०,७४,५२९ जना संक्रमित, मृत्यु हुनेको संख्या १,३९,३७८ जना छन्। ्युरोपमा संक्रमितको संख्या १०,५०,८७१ जना, मृत्यु हुनेको संख्या ९३,४८० जना छन् । अमेरिकामा संक्रमितको संख्या ७,१०,२७२जना छन् भने मृत्युहुनेको संख्या ३७,१७५जना रहेको स्थितिबाटनै पुष्टि हुन्छकी कोरोनको महामारीले कतो बिकराल स्थितिलिएको छ ।
नेपालमा यसको संख्या ३१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ० रहेको छ । दक्षिण छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १४,४२५ जना र मृत्यु हुनेको संख्या ४८८ जना रहेको छ ।
नेपाल र भारतमा संक्रमणले स्पिड लिनु पहिलेनै लकडाउन नीतिलिएको कारण संक्रमण द्रुतगतिमा फैलिन पाएन्र युरोपको स्पेन र इटाली, फ्रान्स, जर्मनी नराम्रो संग महामारीमा फसेको छ ।
अमेरीकामा संक्रमण द्रुतगतिमा फैलिन शुरुगर्दा सम्मपनि आफुलाई कुनै फरक नपर्ने जस्तोगरी अटेर गर्दैजाँदा आज टाउकोमा हात राखेर निरिह बन्दै जानुपरेको तितो तथ्य छर्लंग भएको छ। त्यसकारण यो महामारीसंग शक्तिसम्पन्न राष्ट्रहरुपनि झुक्नुपरेको छ । यहाँसम्मकि नेटो राष्ट्रहरु गठबन्धन पनि धरापमा पर्दै गएकोछ ।
चीनबाट फ्रान्समा लैजान लागिएको मेडिकल सरसामान यहाँ सम्मकी N 95 मास्कहरु समेत अमेरिकाले १५ गुणा बढी मूल्य तिरेर हडपेको स्थितिबाट अबको विश्व राजनीतिक रंगमंचमा निकै ठुलो बदलाब आउने स्थिति देखा पर्दैछ ।
विश्व अहिले व्यापार प्रतिस्पर्धा भन्दा पनि कोरोना महामारी फैलिन कसको दोष छ भनी दोष लगाउनतिर नै समय खर्च गरिराखेको छ । आज अमेरिका चीनसंग स्वाथ्य सामग्री र भारत संग क्लोरोक्विन जुन मलेरिया रोगको लागि प्रयोग गरिने औषधि किन्न जस्तोसुकै बलप्रयोग गरेरपनि याचना गरिरहेको अवस्थाले दर्शाउछकि विश्व कतिसम्म यो रोगसंग गलिसकेको छ भन्नेकुरा प्रमाणित हुनगएको छ । यो रोगले विश्व राजनीतिक रंगमंचमा ल्याएको अर्को परिवर्तन के छ भने छिमेकीसंगको संबन्ध सन्तुलित हुनु जरुरि गराएको छ । विश्वको व्यापार र राजनीति बिश्वब्यापीकरण बाट क्षेत्रीयकरणतिर खुम्चिदै गई राखेको छ र त्यस बाटो तर्फ लम्कदै गई राखेको छ ।
विश्वको अर्थतन्त्रमा परेको असर
गत डिसम्बर सम्म विश्वमा मात्र ब्यापारमा कसले बाजी मार्ने भन्नेमा तल्लिन थियो्र एक किसिमले अमेरिका र चीन बीच ब्यापारिक युध्द गर्दै थिए । एकले अर्कोको व्यापारलाई रोक्न अनेकौ कानुन लगाएर कर माथि कर थोपरेर विश्व व्यापार संगठनको बडापत्रलाई लत्याउदै एक अर्को माथि बिष बमन गर्दै थिए ।
विश्व जनमानसलाई सन्त्रासमा बाच्न बाध्य पार्दै थिए । तर आज अमेरिका अनेकौ लान्छना लगाउदै गरेको चीन संग स्वास्थ्य सामग्रीको लागि याचना गर्दै छ्र जसले के प्रमाणित गर्दछ भने कसको कतिखेर सहयोगको याचन गर्नुपर्नेछ थाहा हुदैन्र त्यसकारण बंगाटिन्गा बाटाहरु हिड्नु भन्दा सिधासाधा बाटो हिड्नुपर्छ भन्ने ज्ञान गराएको पनि छ ।
अहिले विश्वको आर्थिकस्तर बुझ्नको लागि शेयरबजारलाई हेर्दा पनि थाहा हुन्छ । यस साल सन् २०२०को जनवरी बाट मार्च सम्मको चित्र हेर्दा गुणात्मक बाट ऋणात्मक तिर गईराखेको छ। कोरोना भाइरस महामारीको कारण २०२० मा विश्वव्यापी अर्थतन्त्र १ प्रतिशतले संकुचित हुन सक्ने छ ।
कोरोनको पूर्व यो २.५ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरिएको थियो्र संयुक्त राष्ट्र संघले यस्तो पनि चेतावनी दिएको छ कि आर्थिक गतिविधिमा प्रतिबन्ध लगाएको खण्डमा यो वृद्धि दर अझ संकुचित हुन सक्छ। संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक मामिला विभाग डीईएसए को विश्लेषणले कोभिड १९ महामारीले विश्वव्यापी आपूर्ति स्थिति र अन्तर्राष्ट्रिय व्यापार पुर्णरुपमा खलबल भएको छ ।
गत महिनाको अवधिमा करीव १०० देशहरूले राष्ट्रिय सीमानाहरू बन्द गरेको कारण, जनताको आवागमन र पर्यटनको व्यापार ठप्प भएको छ। यी देशहरूमा लाखौं लाख कामदारहरूले आफ्नो रोजगारी गुमाएका छन् । ति देशका सरकारहरूले उनीहरूको अर्थव्यवस्थाको तीव्र गिरावट रोक्न भारी मात्रामा आर्थिक प्याकेजहरु घोषणा गरिएको छ । यस्तै अवस्था केहि समय विस्तार भएको अवस्थामा विश्व अर्थतन्त्र ०।९ प्रतिशतले संकुचन हुनसक्ने कुरा डीईएसएले बताएको छ ।
आर्थिक प्रभावलाई मुख्यतया दुई कारणले तय गर्छन् । ति हुन्स् मानिसहरुको आवागमनमा प्रतिबन्धको अवधि र प्रमुख अर्थव्यवस्थामा हुने आर्थिक गतिविधिहरू र वास्तविक आकारको संकटलाई पार लगाउन गरिने वित्तीय व्यवस्थाहरु हुन्र विशेषत विकासोन्मुख देशहरू जसको अर्थतन्त्र पर्यटन र वस्तुको निर्यातमा निर्भर रहेको छ तिनीहरु तीब्र आर्थिक जोखिमको सामना गरिराखेका छन्। जसको कारण करोडौं श्रमिकहरूले रोजगारबाट बन्चित हुन्छन्र जसका कारण विकासोन्मुख देशहरुमा करोडौको संख्यामा जनताहरु गरिबीको चपेटामा पर्ने अवस्था सृजना भएका छन् ।
अहिले यस रोगका कारण विश्वका बिकसित राष्ट्रदेखि बिकासिल राष्ट्र सम्म बेरोजगारीको संख्या दिन प्रति दिन बढ्दै गई राखेको छ । अमेरिकामा बेरोजगारीको संख्या ३ प्रतिशत बाट बढेर १७ प्रतिशत पुग्यो्र स्पेनमा १४ प्रतिशत, अष्ट्रिया १२ प्रतिशत, जर्मनमा ४,७०,००० कम्पनीहरुले कामदारलाई तलब बुझाउन राज्यबाट सहायता मागेका छन्। एसियाको बलियो अर्थतन्त्र भएको जापानमा २।४ प्रतिशत, चीनमा शहरी बेरोजगार ६.२ प्रतिशत, भारतमा २४ प्रतिशत बेरोजगारको संख्या बढ्न गएको कारण विश्व अब बेरोजगारीको चपेटामा फस्ने देखिन्छ्र
नेपालमा संक्रमणको अवस्था र अर्थतन्त्रमा परेको असर
कोरोना भाइरसको कारण संसारका अन्य देशमा संक्रमितको संख्या र त्यसका कारण मृत्यूबरण गर्नेको संख्या दिन प्रति दिन बढ्दै जानुको कारणले पनि नेपालमा व्यापक चिन्ताको विषय बनाएको छ। यस भाइरसको प्रकोपका कारण नेपालले आर्थिक गतिविधिले व्यापक मार भोग्नु परिरहेको छ ।
एसियाली विकास बैंकको विश्लेषण अनुसार यस घातक रोगको प्रकोपको कारणले नेपाली अर्थतन्त्रको प्रायः सबै क्षेत्रलाई असर पार्नेछ, कुल गार्हस्थ्य उत्पादनमा ०.१३ प्रतिशतले खुम्चन जानेछ र औपचारिक उत्पादन क्षेत्रबाट १५,८८० मानिस बेरोजगार हुनेछन्।
नेपालमा अहिले सम्म ३० जनामा कोरोनाको संक्रमण देखिएको छ । यी सबै संक्रमित व्यक्तिहरु बिदेशबाट नै संक्रमित भएको देखिन्छ । जुन अहिलेसम्मको परिस्थितिलाई हेर्दा नराम्रो अवस्था भएको भनिदैन तापनि छिमेकि देश भारतबाट यस अवधिमा लाखौ लाख मानिसहरु गाउँ फर्केका छन् । जसको कुनै लिखित प्रमाण राखिएको छैन र तिनीहरु सरकारबाट संक्रमण बाट बच्नका लागि गर्नु पर्ने क्वारेन्टाइनमा बस्ने या टेस्ट गरिएको छैन । जसको कारण संक्रमण फैलिदैन भन्ने कुराबाट ढुक्कहुन सकिदैन्र र अर्कोकुरा छिमेकि देश भारतमा कोरोनको संक्रमण द्रुत गतिमा बढी राखेको र दुई देशका बीच सीमाको आरपारमा कुनै बन्देज नभएका कारणपनि जुनसुकै बेला पनि नेपाल जोखिममा रहिराखेको छ। नेपाल सरकारले बेलैमा लकडाउन गरेका कारण पनि जोखिमलाई न्यूनीकरण गर्न अत्यन्त मद्धत पुगेको छ ।
नेपालको अर्थतन्त्रको मजबुत खम्बा मध्ये पर्यटन प्रमुख हो जुन अहिले कोरोनाको महामारीको चपेटामा नराम्रो संग पिसिएको छ। सन् २०१९ मा नेपालमा १।१७ मिलियन बिदेशी पर्यटकहरुले भ्रमण गरेको देखिन्छ । हालसालै पर्यटन मन्त्रि योगेश भट्टराईको भनाईमा पनि पर्यटन क्षेत्रमा १५ खर्बको लगानी रहेको र ७.५ लाख कामदारहरु प्रत्यक्ष रोजगारी प्राप्त गरेको क्षेत्र हो । नेपालले सन् २०२० मा करिब २०लाख् पर्यटक भित्राउने लक्ष्यका कार्य गरेको थियो । जसले गर्दा नेपालमा सयौको संख्यामा होटल र रेष्टुराँहरु निर्माण भएका थिए । यसले पर्यटन क्षेत्रमा आशावादी लहर ल्याएको थियो तर पुरानै लहरमा फर्किन पनि केहि समय लाग्ने देखिन्छ ।
पर्यटन क्षेत्र सबैभन्दा ठूलो उद्योग भएकोले नेपालको अर्थतन्त्रमा ८ प्रतिशतले योगदान पुर्याइरहेको छ। त्यस्तै सगरमाथा आरोहण सहित सबै वसन्त पर्वतारोहण अभियानहरूको रद्धले गर्दा लगभग १३,००० जना टुर गाईड हरु बेरोजगार बन्नु परेको छ । जसले गर्दा उनीहरुको दैनिक जीवनयापन गर्न मुस्किल पर्ने देखिन्छ । बैंकहरु बाट पर्यटन ब्यबसायमा र उड्डयन क्षेत्रमा गरिएको खरबौंको लगानी जोखिममा पर्न जाने देखिएको छ । यो क्षेत्रमात्र प्रभाव परेको होइन निर्माण व्यवसाय, उत्पादन उधोगहरु पनि चौपट भएका छन् । औषधि निर्माणका लागि चाहिने रसायन लगायत अधिकांश कच्चा पदार्थहरू चीनबाट आयात गर्नु पर्ने भएकोले कच्चा पदार्थहरूको आपूर्ति समय र परिमाणमा नहुँदा उधोगहरु बन्द भएका छन् । उधोग बन्द भएका कारण उधोगमा काम गर्ने दक्ष र अर्धदक्ष कामदारहरु आफ्ना घरगाउँमा फर्केका कारण छिट्टै उधोग संचालनमा ल्याउन मुस्किल देखिन्छ ।
वैदेशिक रोजगारीले नेपालको बेरोजगारीका समस्याहरूलाई मात्र सम्बोधन गरेको छैन कि यो हाम्रो अर्थतन्त्रको प्राण धान्ने संजीवनी रेमिट्यान्सको महत्वपूर्ण योगदान पुर्याइरहेको छ। सन् २०१९ मा श्रमिक हरुबाट पठाइएको रेमिटान्सले मात्रै नेपालको जीडीपीमा २६ प्रतिशतले योगदान पुर्यायो।
कामदारहरु काम गरिराखेको देशसमेत कोरोनाको संक्रमणको चपेटामा परेको कारण ती देशहरु पनि तालाबन्दीको घोषणा गरिराखेका छन् । अहिलेको अवस्थामा ती देशबाट आप्रवासी श्रमिकहरुलाई फिर्ता पठाउने जस्ता निर्णय गर्न थालेका कारण हाम्रो अर्थतन्त्रमा अर्को बिकराल स्थिति ल्याउने भएको छ । यी दुई महिनामा रेमिट्यान्स स्रोतबाट देशको अर्थव्यवस्था मा १ प्रतिशत भन्दा कम योगदान गरेको छ । रेमिट्यान्सको मन्दीले गर्दा उपभोक्ताको क्रयशक्तिमा कमी आई मुलुकको समग्र उपभोगमा गम्भीर प्रभाव पारेको कारण ब्यापार र राजस्व संकलन क्षेत्र थला पर्न गएको छ ।
थोक र खुद्रा ब्यापार क्षेत्र कृषि पछि अर्थव्यवस्थामा दोस्रो ठूलो योगदान गर्ने क्षेत्र हो । यस क्षेत्रले अर्थव्यवस्थामा १४.३७ प्रतिशत योगदान पुर्याएको छ । कोरोना महामारीको कारण पछि चीनबाट हुने आयातमा भएको ठूलो गिरावट र भारत बाट हुने आयात पनि प्रभावित भैरहेको छ। जबकि महत्वपूर्ण क्षेत्र मा परेको नराम्रो प्रभावका कारण मुद्रास्फीतिको उच्च जोखिम परेको छ । चीनबाटको आपूर्तिको स्थितिमा कमि आउने अवस्था भएर नेपालले तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्थामा आयात मूल्य बढ्न गई देशभित्र नै गरिने बस्तुको उत्पादन अझ महँगो हुन्छ ।
नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा रहेको कृषि पनि कोरोना महामारीका कारण प्रताढ़ित भएको छ। अहिले ग्रामीणक्षेत्रमा उत्पादन भएको कृषि उपजलाई बजार क्षेत्र सम्म लैजान लक्डाउनका कारण मुस्किल भएको छ । बजारको ठुलो हिस्सा बोक्ने शहरीक्षेत्र बाट अहिले ठुलो संख्यामा जनमानसहरु गाउँ फर्केका कारण शहरीक्षेत्रको उपभोग दर व्हात्तै घटन गएको छ ।
यो रोगले पार्ने असरको अवस्थामा सुधार नआए सम्म फर्केर गएको जनमानस तुरुन्तै फर्कन सक्ने अवस्था छैन्रत्यसोहुँदा ग्रामिण कृषिउपज ले बैकल्पिक बजारको खोजि गर्नु पर्ने हुन जान्छ्र तर एउटा राम्रो पक्ष के भएको छ भने शहरीक्षेत्रको अनौपचारिक कार्यस्थलमा कामगर्ने कामदारहरु अहिले कोरोनाका कारण गाउँ फर्केका कारण ग्रामीणक्षेत्रको कृषि मजदुरको कमि नहुने देखिन्छ्र र तिनीहरु आफ्नैपनि कृषि कार्यमा फर्कन सक्ने कारणले गर्दा हामीलाई मौसम र समयमा सरकारले मल, बिऊबिजन हरु उपलब्ध गराउन सकेको खण्डमा आगामी दिनमा नेपालको कृषि उत्पादन ह्वात्तै बढ्ने संभावना को सुखद पक्ष पनि छ ।
कृषिका अन्य क्षेत्रहरु कुखुरापालन अहिले धारासाही बन्न पुगेको छ । पोल्ट्री फर्म र ह्याचरी उधोगहरु धमाधम बन्द हुने अवस्थामा छ । कुखुरापालन गरिराखेको फर्महरू पनि समयमा दाना नपाएर चल्लाहरु मर्न थालिरखेका समाचारहरु अईराखेको छ र ह्याचरी उधोगहरु चल्लाको माग कम हुनगई चल्ला गाडियो भन्ने समाचार आउदा त्यो क्षेत्र कस्तो अवस्थामा छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।
डेरी उधोगहरुले माग कम हुँदा डेरी सहकारिबाट दुध उठाउन छोडेका छन् र सहकारीहरूले किसानबाट दुध नलिईदिदा किसानहरु उत्पादन गरेको दुध बैकल्पिक उत्पादन गर्ने ज्ञान अथवा प्रबिधि नहुँदा फाल्न बाध्य भएका छन् । ब्यबसायिक पशुपालन गरेका किसानहरु पशु आहारको आपूर्ति नहुदा अप्ठ्यारोमा परेका छन् । सरकारले कृषि क्षेत्र र त्यसबाट उत्पादित उत्पादनलाई बजार सम्म सहजताका साथ लैजान र बिक्रीवितरण चेन लाई सहज बनाई उपभोक्ता लाई आपूर्ति सहज बनाउनुपर्ने देखिन्छ । यसो गर्दा कृषक र उपभोक्ता लाई फाईदा पुगी कालोबजारी नियन्त्रण गर्न सकिने र आगामी दिनमा कृषि पेशा प्रति सद्भाव बढ्न गई आकर्षण को पेशा बन्न जानेछ ।
जोखिम न्यूनीकरणगर्न अपनाउनुपर्ने नीतिहरु
कुनै पनि महामारी पहिले नै थाहा दिएर आउदैन र त्यसले पार्ने जोखिम पूर्व अनुमान गर्न सकिदैन । तर पनि यस प्रकारका महामारी, प्राकृतिक बिपत्तिहरु बेला बेलामा आइरहने छन् । यसबाट पर्न जाने जोखिमको न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्नु जरुरि देखिन्छ । जस्तोकि चीन पछि कोरोना भाइरसको संक्रमण देखिएको देश दक्षिण कोरिया थियो तर उसले यसलाई समयमानै नियन्त्रण गर्न सक्यो र त्यहाँ हालसम्म १०,६५३ जना संक्रमित भएका र त्यसमध्ये २३२ जनाको मृत्यु भएको छ । उसको नियन्त्रण मोडेल अहिले बिश्वब्यापी प्रसंशा गरिएको छ । उसले सन् २००९ को स्वईन फ्लु र सन् २०१५ को मर्स बाट पाठ सिक्दै ब्यापक मात्रामा परिक्षण सामाग्रीहरु विकास गर्ने र व्यापक संख्यामा परिक्षण गरी संक्रमितहरुलाई आइसोलेसनमा राख्ने नै पहिलो नियन्त्रणको माध्यम बन्न सक्दछ। ्त्यसैगरी अब नेपाल सरकारले पनि पूर्वतयारीमा ध्यान दिनु जरुरि देखिन्छ ।
अहिलेको यसप्रकारको अवस्थाबाट पाठ सिक्नुपर्ने कुरा के हुन्छ भने बैदेशिक रोजगारमा अकुशल श्रमिक पठाएर प्राप्त हुने विप्रेषण अर्थतन्त्रको लागि दिगो हुदैन । त्यसकारण ब्यबसायीक शिक्षाको विकास गरी देश भित्र नै रोजगार सिर्जना गराउने र बैदेशिक रोजगारमा पठाउदा पनि कुशल श्रमिक मात्र पठाउने नीति लिनु जरुरि हुन्छ ।
अब छिट्टै देखिने अर्को समस्या भनेको कृषि मजदुर हुन् । भित्रि मधेश र पहाडी इलाकामा छिट्टै लगाउनुपर्ने खेतीबालीका लागि आवश्यक पर्ने मजदुरको अभाव सिर्जना भई बाझो रहने अवस्था आउन सक्दछ । त्यसकारण कृषि क्षेत्रलाई आवश्यक पर्ने यन्त्रहरू कृषक समुह बनाई भन्सार शुल्कमा छूट दिई सस्तोमा दिनसकिए ठुलो संख्यामा युवा हरुलाई कृषिमा आकर्षण गर्न सकिन्छ । लामो समय लकडाउनका कारण उधोगधन्दा बन्द भई दैनिक करोडौको क्षति व्यहोर्नु परेको अवस्थामा सरकारले आर्थिक क्षेत्रलाई संबोधन गर्ने खालको राहात प्याकेज ल्याउनु जरुरि देखिन्छ ।
जनपत्रका लेखक बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको सदस्य हुनुहुन्छ ।