बिपदमा परेका यात्रुलाई गन्तव्यमा पु-याउन सुझाव
हिड्न दिने गाडिमा गुड्न नदिने यो लकडाऊन भएन। यस तरिकाले एकातिर लामो दुरि तय गरि हिड्नेलाई त दुःख पिडा भएकै छ, देख्नेलाई पनी उत्तिकै हेर्न नसक्ने गरि पिडानूभूति भएको छ । संक्रमणको जोखिम झनै बढेको छ। अब के गर्ने, पहिला घटनाक्रम हेरौं ।
किन भयो यस्तो ?
सबै पक्षबाट लकडाउनको पालना नभयर
कसरी ?

( आम नागरिकलाई जहा छौ त्यही बस भनियो र दैनिक ज्यालादारी श्रमिक, अति बिपन्न र कोठा भाडामा बसेका र सहयोगको आवश्यकता भएका बिध्यार्थी आदीलाइ स्थानीय सरकार मार्फत राहतको व्यबस्थ गर्ने भनियो, त्यो व्यबस्थित कार्यान्वयन भएन ।
सरकारमा लकडाउन बीच पनि केही उपाए गरि पठाउन छलफल चल्यो, तर नागरिकदेखि तीन तहका सरकारसम्म त्यस्को लागि तयार भएन । केन्द्र सरकारनै बिबादमा फस्यो । अहिले पनि गाऊगाऊमा बाहिरबाट कोही नआइदियोस भन्ने आवाज छ । कतीपय वडाका जनप्रतिनीधि सहितको सहभगितामा सयौं ठाऊमा बाटो अबरुद्ध पारिएको छ ।

आफ्नो परिवारको सदस्य रातारात ल्याऊने अनि अरुलाइ बाटो छेक्ने मानसिकता पनि बाकी नै छ । देश अहिले कोरोना संक्रमणको उच्च जोखिममा छ । सबै परिस्थितीको सामना गरि यो भाईरस सन्क्रमणबाट बच्न र बचाउन सबै जिम्मेवार बन्दै ।
अब यसो गर्ने
केन्द्र सरकारले प्रदेश सरकारलाई आफ्नो प्रदेशको नागरिक लान स्विकृती दिने ।
७ ओटै प्रदेशका सरकारले आफ्ना प्रदेशका नागरिकलाई प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात जसरि चीनबाट बिध्यार्थी ल्याइएको थियो त्यसैगरि सवारी व्यबस्थापन गरि सुरक्षित तरिकाले सम्बन्धित पालिका पुर्याउने ।
सबै पालिकाले प्रारम्भिक स्वास्थ्य परिक्षण गरि आफ्ना नागरिकलाई क्वारेण्टाईनमा राख्ने व्यबस्था गर्ने ।
सुरक्षाको ऊपाय अवलम्बन गरि कृषी उत्पादनका काम जारी राख्ने, भइरहेको पनि छ।

सबैले लकडाउनलाई एक जटील परिस्थितीको रुपमा स्विकार गरिसकेपछी विभिन्न कष्ट व्यहोर्नू पर्ने कुरालाइ पनि आत्मसात गर्ने ।
यी लगायतका बिषय बागमती प्रदेस सरकारमा छलफलभइ केन्द्र सरकारबाट निर्णय गराऊन मुख्यमन्त्री सहित हामी सबै प्रयत्नरत छौं। सकरात्मक सोचौँ, सबै मिलेर चुनौतिको सामना गरौं।
लेखक बागमती प्रदेशका सामाजिक विकास मन्त्री हुनुहुन्छ ।






