काेभिड १९ : चार लाख ४४ हजारभन्दा धेरै निकाे भए
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण १९ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख २४ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् । सङ्क्रमितमध्ये चार लाख ४४ हजार आठ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख १९ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै २३ हजारभन्दा धेरैको ज्यान गएको छ ।