भारतमा जहाँ बढी संक्रमित, त्यही छन् धेरै नेपाली

जनपत्र
२ बैशाख २०७७, मंगलवार ०७:३१

भारतमा केहीदिनयता कोरोना भाइरसको संक्रमण तीव्र वृद्धि देखिएको छ। त्यसमा पनि नेपालीहरुको बाक्लो उपस्थिति भएका राज्यहरुमा उच्च उच्च संक्रमण देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । जसले गर्दा एकातिर उनीहरुलाई लकडाउनका कारण खानबस्नमै समस्या छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि छ ।
हालसम्म भारतमा १२ नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये १० जना कामको सिलसिलामा भारत आएका हुन् ।
भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र, दिल्ली तमिलनाडु, मध्यप्रदेश र गुजरातमा देखिएको छ । यिनै राज्यहरुमा नेपाली कामदारको उपस्थिति धेरै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*