कोरोना पोजेटिभ रिपोर्ट सार्वजनिक गर्न किन गरिन्छ ढिलाई ?

विरगन्जमा रहेका भारतिय नागरिकको कोरोना पोजेटिभ भएको रिपोर्ट सरकारले सार्वजनिक गर्न ढिलाइ गर्दा कोरोना संक्रमित र उनीहरुको सम्पर्कमा रहेकालाई सावधानी अपनाउने वेला सम्म धेरैलाई रोग सरिसकेको हुन सक्छ ।
हरि हुमागाईं
३० चैत्र २०७६, आईतवार १४:४९

हेटौंडा । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रिपोर्ट सार्वजनिक गर्न सरकारले निकै ढिलाई गर्दै आएको छ । सबै भन्दा जोखिम र संक्रमण रोग भएकाले पनि रोग लागेकाहरुको र लाग्न बाँकी मानिसको सर्तकताका लागि पनि कोरोना पोजेटिभ भएको रिपोर्ट सक्दो छिटो सार्वजनिक गर्नुपर्छ । तर, यसको रिपोर्ट सार्वजनिक गर्न निकै ढिलाई गरिएको छ ।

विरगन्जमा रहेका तीन जान भारतिय नागरिकको कोरोना भाइरसको रिपोर्ट सार्वजनिक गर्नका लागि सरकारलाई दुइदिन लागेको छ । यसको रिपोर्ट जतिसक्दो छिटो सार्वजनिक गर्यो त्यतीनै थप व्यक्ति सर्तक रहन सहज हुने छ । कोरोना भाइरस लागेको ल्याव रिपोर्ट सार्वजनिक गर्नपनि दुई तहका सरकारलाई पुरै दुइदिन दिन लागेको छ । सुक्रबार साँझ हेटौंडाको कोरोना परिक्षण ल्यावमा भारतिय नागरिकमा कोरोना संक्रमण भएको पुष्टी भएपनि आज वल्ल सार्वजनिक गरिएको छ । कोरोना परिक्षण गर्ने ल्याव हेटौंडा बागमती प्रदेश सरकारले स्थापना गरेर परिक्षण गर्न सुरु गरेको हो ।

यही ल्यावमा कोरोना परिक्षणको रिपोर्ट सुक्रबारनै प्राप्त भएको थियो । तर, यो रिपोर्ट प्रदेश सरकारले सार्वजनिक गरेन । त्यसपछी संघीय सरकारले परिक्षण गर्ने स्थान काठमाण्डौको टेकु अस्पतालमा लगियो । त्यहाँ परिक्षण गर्दा पनि सनिवार साँझ कोरोना परिक्षण रिपोर्टमा तीनै जनामा पोजेटिभ देखियो । तैपनि त्यो रिपोर्ट न संघीय सरकारले तत्काल नागरिकलाई सुसुचित गराउनका लागि सार्वजनिक गर्यो नत प्रदेश सरकारलाई सार्वजनिक गर्न भनियो । स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सरकारले काम गर्ने शैली उही ढिलो, जनतालाई जानकारी पाउने अधिकारबाट वन्चित समेत गरियो ।

हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस देखिएपछी पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस देखिएको सनिवार वेलुकै हो । काठमाण्डौमा परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टी पनि भयो । कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाण्डौ पठाएर ल्याव टेष्ट गर्दा कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

विरगन्जमा वसेका भारतिय नागरिकको हेटौंडाबाट पठाइएको तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको भनियो । तर, औपचारिकता दिइएन । दुइतहका सरकारका सवैजसो संयन्त्रलाई यसबारेमा जानकारी भएपनि आम नागरिकले थाहा पाउने अधिकारबाट वन्चित गरियो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ देखियो । भर्खर सुरु गरेको ल्यावमा कोरोना पोजेटिभ देखिएपनि यसलाई विस्वासै गर्न नसक्ने भन्दै काठमाण्डौमा पठाइएको थियो । तीनै जनाको नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछी पनि उनीहरुमा कोरोना पोजेटिभ भएको पाइएको हो ।

पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएपछी पुनः थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको थियो । भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो।

कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरुको स्वाब संकलन गरि बागमती प्रदेशको हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए ।
२४ जना मध्ये दुईजनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो। हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

स्थानीयका अनुसार विगत ९, १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन् । ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ।’ तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*