‘कोराना भाइरस प्रमुख सत्रु हो यसका विरुद्ध निरन्तर लड्छौ’–मुख्यमन्त्री पौडेल

जनपत्र
२६ चैत्र २०७६, बुधबार १४:३६

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्वन्धी सर्वदलिय बैठक आज दिउसो हेटौंडामा भएको छ । बैठकलाई संबोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस अहिले आफुहरुको प्रमुख सत्रु रहेको वताउनुभएको छ । यसका विरुद्ध प्रदेश सरकार निरन्तर रुपमा लडिरहेको वताउनुभयो ।

कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा खटिरहेको वताउनुभयो । अहिले प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको उहाँले वताउनुभयो । सुरक्षा निकाय र स्वास्थ्यकर्मीले गरेका कामको प्रसंसा गर्दै उहाँले भन्नुभयो–‘स्वास्थ्यकर्मी, सुरक्षा कर्मी संगै स्थानीय तहले गरेका काम महत्वपूर्ण छन् । अहिले पनि धेरै चुनौतकिा विचमा काम भइरहेका छन् ।’

अवको समय झनै चुनौतीपूर्ण रहेको मुख्यमन्त्री पौडेलले वताउनुभयो । कोरोना भाइरसलाई गम्भिर रुपमा लिएर काम गर्नुपर्ने उहाँले वताउनुभयो । अहिलेको अवस्थामा संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारको भूमिका वल्ल देखेको वताउनुभयो । वैठकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित वनेका दैनिक ज्यालादारी गर्ने मजदुरको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने वताउनुभयो । राहत वितरणमा पहिले भन्दा पनि अव ध्यान दिनु आवस्यक रहेको वताउनुभयो ।

वैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका एक सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको वताउनुभयो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेशभरी दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नपरेको वताउनुभयो । अहिले वढ्दै गएको कालोवजारी नियन्त्रण गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलि खटिएको वताउनुभयो ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको संका लाग्ने वित्तिकै परिक्षण गर्ने गरिएको वताउनुभयो । अहिले पनि सवै मापदण्ड अनुसार क्वारेन्टीन र आइसोलेसन निर्माण हुन नसकेकाले यसलाई मापण्ड अनुसार संचालन गर्नका लागि जोड दिइएको वताउनुभयो ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, नेपाली काग्रेश बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलीया, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*